ताजा अपडेट »

रुपन्देहीमा २५४ जनाकाे परिक्षणमा ३५ जनामा संक्रमण

सोमबार, २८ असार २०७८, १६ : ४०
4 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २५४ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ३८ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तामा नगरपालिकमा १२, बुटवल उपमहानगरपालिकामा र देवदह नगरपालिकामा ७/७ सैनामैना नगरपालिकामा ५ र कञ्चन गाउँपालिकामा ४ जना संक्रमित थपिएका हुन्। पछिल्लोे २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।

जिल्लामा कोरोनाबाट मृत्यु हुनेको ५०४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३५ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।