ताजा अपडेट »

प्रतिगमनकारीलाई दण्डित गरौँः डा. भट्टराई

सोमबार, २८ असार २०७८, १५ : २५
4 Shares

बुटवल । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी हर्कतलाई अदालतले रोकेको प्रतिक्रिया दिएका छन् । प्रतिगमनकारीलाई दण्डित गरौँ भन्दै आह्वानसमेत गरेका छन् ।

‘खड्गप्रसाद एण्ड कम्पनीको असंवैधानिक/प्रतिगमनकारी हर्कतलाई सर्वोच्च अदालतले पुन: एकपटक रोकेकोमा अदालतलाई र यस अभियानमा संलग्न सबैलाई हार्दिक वधाइ/धन्यवाद! अब कुनै किन्तुपरन्तु गर्ने ठाउॅ छैन।संविधानलाई ट्र्याकमा ल्याएर प्रतिनिधिसभाबाट स्थीर सरकार दिऊॅ; प्रतिगमनकारीलाई दण्डित गरौं!’-उनले भनेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।