ताजा अपडेट »

लुम्बिनी प्रदेशसभा : सत्ता र प्रतिपक्षको जुहारी

सोमबार, २८ असार २०७८, १४ : ००
4 Shares

बुटवल । लामो समयसम्म रोकिएको लुम्बिनी प्रदेशसभा बैठक आइतबारबाट चलिरहेको छ । सोमबार बिहान ११ बजेदेखि शुरु भएको बैठकमा सत्ता र प्रतिपक्षका सांसदहरुले एक–अर्कालाई आरोप–प्रत्यारोप गरेका छन् । सोमबारको प्रदेशसभा बैठकमा विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले संघीयता कार्यान्वयन, सरकारको स्थायीत्व र जनताका मुद्दाको विषयमा बोलेका छन् । प्रदेशसभा सदस्यहरुले बजेटमाथिको पनि केही प्रश्नहरु उठाएका छन्।

बैठकमा विशेष समय लिएर बोल्दै सत्ता पक्षका प्रदेशसभा सदस्य लिला गिरीले बजेटमाथिको छलफलकै क्रममा बजेटलाई हेर्ने दृष्टिकोण राजनीतिक रुपमा फरक हुनु स्वभाभिक रहेको उल्लेख गर्दै उनले तेस्रो बजेट कार्यान्वयन गर्ने अवस्थामा आएको स्मरण गराए। साधन स्रोतको सिमितताका कारणले आ–आफ्नो क्षेत्रमा बजेटको कमी भएको हुन सक्ने भएपनि आवश्यकता अनुसार मन्त्रालय र मुख्यमन्त्रीसँग छलफल गर्न अझैपनि सकिने प्रष्टाए।प्रतिपक्षले विरोधको नाममा विरोध मात्रै नभई बुँदागत रुपमा विरोध एवम् छलफल गर्न उनले आग्रह गरे। उनले बजेट फेल गर्ने प्रयास भइरहेको भएपनि अबको अवस्थामा पुरक बजेट ल्याउन सम्भव नभएको प्रष्टाए।

‘समृद्ध प्रदेश खुसी जनता’ नारालाई प्रतिपक्षले बंङ्गाएर अन्यथा भनेको बताउँदै सरकारले प्रमाण सहित अगाडि बढ्न तयार रहेको बताए। लुम्बिनी प्रदेशले बजेट खर्च अन्य प्रदेश र केन्द्रले भन्दा बढी दरमा खर्च भएको बताए । उनले संघीयता ल्याउनुमा सबै दलको लगानी बराबर रहेको बताउँदै संविधान निर्माण गर्दा सबै पार्टीको उपलब्धी बराबर भएको बताए । उनले बाढी पहिरोले गरेको क्षतिको विषयमा ध्यान दिँदै सरकारले क्षतिपूर्तिको काम गर्नुपर्नेमा पनि जोड दिए।

बैठकमा विशेष बोल्दै प्रतिपक्षका प्रदेशसभा सदस्य डिल्ली बहादुर चौधरीले कोरोना नियन्त्रणको अवस्थामा पनि सरकार बिस्तारको काममा लागेको स्मरण गर्दै सरकारको ध्यान जनता जोगाउन भन्दा सत्ता जोगाउन केन्द्रीत रहेको बताए। सत्ताको लागि जे पनि गर्ने गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना केही होइन भनेकोले लुम्बिनी प्रदेशले यसलाई सिद्ध गर्न खोजेको हो कि ? भन्ने भान भएको बताए।उनले मुख्यमन्त्रीले कोरोनामा यो गर्याे त्यो गर्याै भनेको भएपनि छटपटाइरहेका र बचाउन नसकेका संक्रमितहरुसँग माफी माग्न नसकेको बताउँदै उनले भने माफी मागेका छन् ।

उनले भने ‘अस्ती मुख्यमन्त्री जीले लामो भाषण गर्नुभयो, कोभिडमा यो गर्यौं, त्यो गर्यौं , उहाँले एकपटक माफि पनि माग्न सक्नुभएन, छटपटाइरहेकासँग, मृत्यु भएकासँग म प्रदेश सभाको तर्फबाट हामीले केही गर्न नसकेका आम जनतासँग माफी माग्न चाहान्छु ।’ हामी जनप्रतिनिधि भएर पनि केही गर्न सकेनौँ। मन्त्री फेरेका फेरै भए। विकास फेरी गरौँला अब तेस्रो भेरियण्टको तयारमिा लागौँ । बजेट छुट्याउँदैमा, अस्पताल गन्दैमा तयारी नहुँदो रहेछ।’ उनले सरकारलाई सुझाव दिए ।

डाटामा खेल्ने काम मात्रै सरकारले गरेको बताउँदै त्यसको लागि आवश्यक व्यवस्थापन गर्नुपर्ने भएपनि त्यो नुहँदा धेरैले ज्यान गुमाएको बताए । उनले कोभिडको समयमा प्रदेशसभा बन्द रहेको अवस्थामा सरकारले कोभिडमा सर्वदलिय बैठक सम्म नगर्दा धेरै कुराहरु हुन नसकेको बताउँदै अब अवस्था आए पहिला जस्तो नगर्न सरकार र मन्त्रीहरुलाई आग्रह गरेका थिए।

उनले प्रजातन्त्र र संविधान बलियो बनाउन सबैले ध्यान पु¥याउन आग्रह गरे । सांसद चौधरीले नीति कार्यक्रम एकातिर बजेट अर्कोतिर भएको तर्क गरे । मन्त्रीहरु जिल्ला भ्रमण गरेर खर्च बढाएको आरोप लगाउँदै उनले प्रतिपश्न गरे ‘कस्तो खालको विकास गर्न खोजेको हो।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।