ताजा अपडेट »

पहिरोले पाँच गाडीमा क्षति, हिँडेर सदरमुकाम जाँदै प्रमुख जिल्ला अधिकारी

सोमबार, २८ असार २०७८, १३ : ०१
2 Shares

बेनी । लगातारको वर्षाको कारण सडक सञ्चालन नहुँदा पार्क गरेर राखिएको गाडी पहिरोले क्षति पुगेको छ । बेनी–जोमसोम सडकखण्ड अन्तर्गगत म्याग्दीको रघुगंगा गाउँपालिका–३ तिल्केनीमा पार्किङ गरि पाँचवटा वटा गाडीमा क्षति पुगेको हो ।

बेनी–जोमसोम सडक खण्डको रघुगंगा–३ गलेश्वर नजिक सडक अबरुद्ध बनेपछि गायत्री मन्दिर अगाडि सडकमै पार्किङ गरि राखिएका तीनवटा बोलेरो, एक पीकअप बोलेरो र एक हाइलक्स गाडीमा क्षति पु¥याएको प्रहरीले जनाएको छ । गाडीलाइ अन्यत्र भन्दा सुरक्षित ठाउँ हेरेर राखिएकोमा रातमा पहिरो खसेर सवारीमा क्षति पु¥याएको उप्रहरीका भनाई छ ।

शर्मा गजुरमुखी जेभीका प्रोजेक्ट म्यानेजर नरेन्द्र न्यौपानेका अनुसार काभ्रे भिरमा हिजो ब्लाष्ट गरेर सडकको अवरोध हटाउने प्रयास भए पनि सफल नभएकोले आज पुनः ब्लाष्ट गर्न पर्ने देखिएको छ । गलेश्वर नजिकै भएको सडक अबरोधले गर्दा पेट्रोलियम पदार्थ ढुवानी हुन नसक्दा अबका दिनमा समस्या बढ्ने देखिएको न्यौपानेले बताए । न्यौपानेले भने–‘गलेश्वर नजिकको सडक अबरोध नहट्ने हो भने भोलिबाट मेसिनमा हाल्ने तेल हुँदैन, खाद्यान्न पनि सकिदैछ, त्यसैले रघुगंगा ३ को अवरोध नहट्दा त्यसभन्दा माथिको अवरोध हटाउन नसकिने अवस्था आउन लाग्यो ।’


अविरल वर्षाको कारण बेनी–जोमसोम सडक पछिल्लो चार दिनदेखि अबरुद्ध रहेको छ । बेनी–जोमसोम सडक खण्डको अन्नपूर्ण गाउँपालिका–३ काभ्रे भिर, रुप्से छहरा एवम् रघुगंगा गाउँपालिका–३ गलेश्वर पारी सडक अबरुद्ध रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी इन्सपेक्टर वीरेन्द्रराज गुरुङले बताए ।

पोखराबाट मुस्ताङ सरुवा भएर जान लाग्नुभएका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल शुक्रबार बेनी आएकोमा सडक अवरुद्ध हुँदा बेनीमै रोकिनुभएको थियो । सडक छिट्टै खुल्ने सम्भावना कम देखिएकोले पैदल नै मुस्ताङतिर लागेको छु–प्रजिअ पौडेलले भने । प्रजिअ पौडेलले भन्नुभयो अहिले म बैशरी पुगेको छु, गाडी पाएको ठाउँमा चड्नुपर्ला नत्र पैदलै भए पनि जिल्लामा पुग्नु प(यो भनेर हिडेँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।