ताजा अपडेट »

उच्च अदालतका कर्मचारी मृतावस्थामा फेला, अनुसन्धानका लागि कुकुर ल्याइँदै

सोमबार, २८ असार २०७८, १२ : २४
24 Shares

मङ्गलबारे । इलाममा एक महिला मृतावस्थामा फेला परेकी छन् । उच्च अदालत इलाममा कार्यरत बिमलाकुमारी पराजुली मृतावस्थामा फेला परेकी हुन् । 

पराजुली आज बिहान अदालत परिसरभित्र मृतवस्थामा फेला परेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार सोलुखुम्बु घर भएकी पराजुली कार्यालय सहयोगी पदमा काम गर्दै आएको बताइएको छ । पराजुलीको मृत्यु कसरी र के कारणले मृत्यु भयो भन्ने अझै पुष्टि हुन सकेको छैन ।

घटना रहस्यमय भएकाले थप अनुसन्धान भइरहेको श्रेष्ठले बताए । थप अनुसन्धानका लागि कुकुर मगाइएको उनले जानकारी दिए । श्रेष्ठका अनुसार थप अनुसन्धानका लागि अन्य मान्छेलाई प्रवेश रोक लगाएर अनुसन्धान भइरहेको उनले बताए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।