ताजा अपडेट »

घट्यो सुनचाँदीको मूल्य, कति छ आज प्रतितोला ?

सोमबार, २८ असार २०७८, ११ : ३३
6 Shares

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । 

सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको सोमबार तोलामा २ सयले घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको हो । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ७ सय रुपैयाँ रहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर एक हजार ३१० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।