१८ मंसिर २०७९, आईतवार

Dec 4, 2022

टोकियो । जापानले २६ जुलाईदेखि खोप लगाई सकेका नागरिकलाई अन्तर्राष्ट्रिय यात्राको लागि बाटो खोलिदिन ‘खोप राहदानी’ को प्रावधानलाई अघि बढाउने भएको सरकारका प्रवक्ताले आइतबार जानकारी गराए।

Advertisement

घरेलु आर्थिक गतिविधिहरूलाई राहत दिनका लागि ‘खोप राहदानी’ प्रयोग गर्ने बिषयमा छलफल भइरहेको तर अन्तिम निर्णय भने भइनसकेको मुख्य क्याबिनेट सचिव काट्सुनोबु काटोले एनएचके टिभी कार्यक्रममा बताए । व्यवसायी र सामान्य नागरिकलाई फरक हुने गरी सरकारले निर्णय गर्न नचाहेको तर महामारीका कारण व्यवसायिक गतिविधि रोकिँदा राज्यको अर्थतन्त्रमा पर्ने प्रभाबका कारण सरकारले व्यवसायी तथा विदेशमा कामगर्न जाने नागरिकलाई लक्षित गरेर ‘खोप राहदानी’ बारे छलफल अघि बढाएको उनले जानकारी दिए ।

खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ । यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ ।

जुलाईको अन्त्यसम्म कागजी प्रमाणपत्र को रूपमा यसलाई जारी गरिने छ र पछि यसलाई डिजिटलमा परिणत गर्ने सोच पनि राखिएको छ ।

जापानको केइदानरेन भनेर चिनिने सबैभन्दा ठूलो व्यावासायिक संगठन जापान बिजनेस फेडरेशन कार्यक्रमको क्षमता बढाउन र जापानमा रेस्टुरेन्ट छुटमा पनि प्रमाणपत्र प्रयोग गर्ने सल्लाह दिएको छ ।

खोप प्रमाणपत्रहरू यूरोपेली संघ र दक्षिण पूर्व एशियाली राष्ट्रहरूको सदस्य राष्ट्रहरूमाका अन्तर्राष्ट्रिय यात्रीहरूको लागि पनि पेश गरिएको छ ।

प्रधानमन्त्री योशीहाइड सुगाको सरकारले जापानमा खोप अभियानलाई पछिल्ला केही सातादेखि वृद्धि गरिरहेको छ । (एएनआई/सिन्ह्वा)

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको विद्युत प्राधिकरण नयाँ मिल वितरण केन्द्रको नयाँ भवनबाट सेवा शुभारम्भ अनलाइन सञ्चार माध्यमको संख्या ३ हजार ७०३, सूचीकरण अद्यावधिक गर्न काउन्सिलको सूचना भैरहवामा अन्तर–विद्यालय क्रिकेट प्रतियोगिता सुरु रुपन्देहीमा घर बनाईदिने प्रलोभनमा लाखौँ ठगि गरी फरार प्रतिनिधिसभाका १६५ मध्ये १६४ स्थानको परिणाम सार्वजनिक राजधानी तत्काल दाङ नसार्न एमालेबाट निर्वाचित रुपन्देहीका ४ सांसदको माग सुकुम्बासी व्यवस्थापनबारे अध्ययन गर्न समिति गठन कहिले हुन्छ निर्वाचन आचारसंहिता फुकुवा ? बुटवलमा बसको ठक्करबाट १५ महिनाका बालकको मृत्यु विश्वका आधा प्रजातान्त्रिक देश पतनमाः अध्ययन जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ घाँटी रेटेर महिलाको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ कांग्रेस प्रवक्ता महत किन भेट्दैछन् नेताहरूलाई ? कम्युनिस्टविनै बहुमतको सरकार बन्छ ? यस्तो छ सम्भावना बुटवलबाट मुख्यमन्त्रीले मन्त्रालय दाङ सार्न थालेपछि दलहरुको बिरोध कोलम्बियामा सरकार र विद्रोही समूहबीच वार्ताः सहमतिनजिक पुगेको राष्ट्रपतिको भनाई दोलखा प्रदेश सभा (ख)मा एमालेका केसी विजयी शुभकामनासहित धनराजलाई पद्माको सुझाब : ‘आगामी दिनमा तपाईबाट लोकतन्त्र अपहरित नहोस्’ माया लुहारका हत्या आरोपित सशस्त्र प्रहरी जवान पक्राउ मित्रपार्कमा खानेपानीको पाइपलाइन बिछ्याउन सडकमै खाल्डो, सवारी आवागमन प्रभावित