ताजा अपडेट »

बुटवलका पत्रकार ज्ञवाली गोरखापत्र संस्थानको सल्लाहकार

आइतबार, २७ असार २०७८, २१ : ३९
4 Shares

बुटवल । रुपन्देहीका पत्रकार दीपक ज्ञवाली गोरखापत्र संस्थानका लागि सल्लाहकार नियुक्त भएका छन् । बुटवलमा रहेर तीन दशकदेखि पत्रकारिता गर्दै आएका ज्ञवाली संस्थानको व्यवस्थापन, आर्थिक र प्रिन्टिङ सम्बन्धी सल्लाहकारमा दुई वर्षका लागि नियुक्त भएका हुन् । ज्ञवाली पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष हुन् । उनले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सदस्यामा रहेर पनि काम गरिसकेका छन् ।

त्यसैगरी संस्थानको कानूनी सल्लाहकारमा कृष्णकुमार आङ्दाम्बे नियुक्त भएका छन् । उनी पाँचथर निवासी हुन् । असार २४ गतेको मन्त्रिपरिषदको निर्णय अनुसार सल्लाहकारद्वय आइतबार औपचारिक रुपमा नियुक्त भएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।