ताजा अपडेट »

पाल्पाको तिनाउमा आँफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

आइतबार, २७ असार २०७८, २० : २१
4 Shares

बुटवल । ट्याक्टर दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु भएको छ । जिल्लाको तिनाउ गाउँपालिका–२ सिस्नेमा लु २ त २५३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालक दुर्गाबहादुर गाहको मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीले बताए ।

उनी सोही वडाका बासिन्दा हुन् । ३८ वर्षीय गाहको आइतबार दिउँसो ट्याक्टरले च्यापेर घटना स्थलमै मृत्यु भएको पाल्पाका प्रहरी प्रवक्ता डिएसपी त्वातीले बताए । दुर्घटनामा सोही स्थानका ४२ बर्षीय एकबहादुर थापा सामान्य घाइते भएका छन् ।

https://www.globalaawaj.com/archives/120288
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।