ताजा अपडेट »

घुस माग्ने प्रधानाध्यापक पक्राउ

विहीबार, १० माघ २०७५, १६ : ४८
8 Shares

माघ १०,

काठमाडौं ।  नेपाल बैंक लिमिटेड श्रीपुर शाखा, वीरगञ्जबाट कृषि ऋण मिलाइदिने भन्दै घुस लिएको अभियोगमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालय छिपहरमाई पर्साका प्रधानाध्यापक प्रभु गिरीलाई पक्राउ गरेको छ । 

आयोगले प्रधानाध्यापक गिरीलाई रु १२ हजार घुससहित आज विद्यालय परिसरबाट पक्राउ गरेको हो । आरोपी प्रअको अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
यस्तै आयोगले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत प्रहरी हवल्दार चन्द्रा भण्डारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।