ताजा अपडेट »

चेली हुनुको पीडा

आइतबार, २७ असार २०७८, १८ : ०८
22 Shares

रातिको करिब ८ बजेको थियो। घरमा धेरै पाहुनाहरु पनि हुनुन्थ्यो । म भने मेरो कोठामा बसेर पढ्दै थिएँ । किनकी १ हप्ता पछि मेरो परीक्षा थियो । मेरो आमा बुवाहरु भने घरमा आउनुभएका अतिथिसँग मेरो भविष्यको लागि सजाउनु भएका सुनौला सपनाहरुको छ्लफल गर्दै हुनुन्थ्यो ।

म चाहिँ पढ्दै थिएँ, त्यत्तिकैमा मेरो मोबाइलमा नोटिफिकेशन आयो । कलेजको कुनै महत्वपूर्ण सूचना पो आयोकि भनेर मैले हतार–हतारमा मोबाइल हेरेँ । हो,कलेजको नै सूचना आएको रहेछ । सूचनामा हाम्रो ‘परीक्षा अझै १ हप्ताको लागि स्थगित भयो’ भन्ने थियो । म त्यो खबरले एकदम खुसी भएँ । किनकी मैले पढ् को लागि अझै केहि समय पाएँ अनि म एकै छिन दिमागलाई हल्का गराउँछु भनेर फेसबुक खोले फेसबूक खोल्न साथ मैले निर्मला पन्थ को तस्विर देखेँ उनै निर्मला पन्थ जसले आफ्नो हत्या भएको वर्षाै बित्दापनि न्याय पाएकी छैनन् ।

कठै विचरा निर्मला उनका पनि त कति धेरै सपना थिए होलान्, अहिले जस्तो मेरो आमा बुवाले मेरो लागि सपना सजाउँदै हुनुहुन्छ,उनको आमा बुवाले पनि त कति सपना सजाउँदै हुनुन्थ्यो होला । तर, बिडम्बना उजको साथ–साथै उनको परिवारको सपना पनि अधुरै रहे । अनि मैले फेरि सोँचे निर्मला त प्रतिनिधि पात्र मात्रै हुन् । निर्माला जस्तै अरुपनि कति धेरै चेलीबेटी छ्न जसले अझैसम्म न्याय पाएका छैनन् ।

कठै हाम्रो नेपाल आखिर के भैरहेछ हाम्रो देशमा ! घरबाट बाहिर गएका चेली सकुशल घर आउछ्न कि आउँदैनन् भन्ने थाहा छैन । घरबाट हिँडेकी चेली घर आउँछिन कि आउँदिनन् आए पनि सकुशल आउँछिन कि शव बनेर आउँछिन् थाहा हुँदैन । यहाँसम्म त्रास छ कि आफ्नै घरमा पनि चेलीहरु सुरक्षित छैनन् । अनि भित्र भित्रै मलाई पनि डर लाग्न लाग्यो । ‘म पनि त चेली हुँ हिजो निर्मला सिकार भए जस्तै कतै भोलि म पनि कसैको सिकार हुन पुग्ने त हैन ? म एकदम त्रासित भएँ ।

मैले विभिन्न कुराहरु मेरो मनमा खेलाउँदै थिएँ । अनि फेरि सम्झिए मेरो देश जहाँ हत्यारालाई फाँसी दिनुपर्छ भन्दै विभिन्न नारा लगाइन्छ । अनि फेरि सम्झिएँ, नेपालको संविधान अन्तर्गत घारा १६ को उपधारा २ मा रहेको ब्यवस्था जस्मा लेखिएको छ कि कुनैपनि ब्यक्तिलाई मृत्युदण्ड दिन पाइने छैन ।

अनि मलाई लाग्यो सायद मेरो देश को हात त्यही संविधानमा उल्लेखित कानूनले गर्दा बाँधिएको रहेछ । यत्तिकैमा मैले सोँचे म पनि त कानून कि विद्यार्थी हुँ । मैले पनि त कानून विषय अध्ययन गर्दैछु । अनि मनमनै प्रण लिए कि म चुप लाग्ने छैन, म पनि चुप लागेर बसे भने एस्ता घटना बढ्दै जान्छन् अनि हाम्रो देश,हाम्रो समा ले कहिले पनि न्यायको अनुभूति गर्न पाउँने छैन ।

उचित कानून नबन्दासम्म हाम्रो देशको समस्या समाधान गर्न सम्भव देखिदैन अब म चुप लाग्दिन अहिले नगरे कैले गर्ने ! मैले नगरे कस्ले गर्ने ! म सक्दो प्रयास गर्ने छु । हाम्रो देशमा उचित कानून ल्याउन, म चहान्न कि अब अन्य कुनैपनि चेली कसैको सिकार बनून् । म मेरो देश मेरो समाजको लागि एउटा प्रेरणाको स्रोत भएर देखाउनेछु, लाखौ मानिसको उदाहरण बन्ने छु ।

यस्तै सबै कुरा मनमा खेलाउँदै थिए अनि अर्को कोठाबाट बाबाले आवाज दिँदै भन्नुभयो सुत छोरी धेरै राति भैसक्यो अब भोलि उठेर पढौली, मैले हस बाबा भन्दै आफ्नो कोठाको बत्ती त निभाए तर, निद्रा भने लागेन विभिन्न कुराहरु मनमा खेलाउँदै थिएँ । यत्तिकैमा रात कति बेला बित्यो थाहै पाइन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।