११ मंसिर २०७९, आईतवार

Nov 27, 2022

काठमाडौँ । बीमा उपसमूहको शेयरमा उभार आउँदा धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । जीवन बीमा र निर्जीवन बीमा उपसमूह दुवैको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । जीवन बीमा ४८७।२ र निर्जीवन बीमा ३७८।५३ अङ्कले बढेको छ । यस्तै, विकास बैंक उपसमूह ३५७।५ अङ्कको वृद्धि भएको छ । यी उपसमूहको त्लनामा अरु उपसमूहको शेयरमा उल्लेख्य वृद्धि नभए पनि नेप्से बढाउन सहयोगी देखिएका छन् । नेप्सेका अनुसार वित्त १८१।२६, ले बढ्दा बैंकिङ ४५।१३, व्यापार ३४।८३, जलविद्युत् ७८।५५, उत्पादन ९६।४, अन्य ९।०१, लघुवित्त १३३।५, सामूहिक लगानी कोष ०।१४ र लगानी २।८२ अङ्कले बढेको छ ।

Advertisement

लगातार ओरालो लागेको नेप्से आज भने हरियो देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार ७४।७१ बिन्दुले बढेर नेप्से दुई हजार ८९९।८२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक १३।१७ अङ्कले बढेर ५४३।४३ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड १५ लाख ८८ हजार ८५० कित्ता शेयर रु आठ अर्ब छ करोड १३ लाख ८२ हजार ४९६ बराबरको कारोवार भएको छ । आइतबारको कारोवारपछि बजार पूँजीकरण रु ४० खर्ब ३३ अर्ब ७९ करोड ३१ लाख ५० हजार बराबर पुगेको छ ।

कारोवारका आधारमा एनआइसि एशिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३९ करोड ९६ लाख ११ हहजार ५९५ बराबरको कारोवार भयो । यस्तै, नबिल बैंक रु २५ करोड ८१ लाख ८२ हजार १४०, नेपाल बैंक रु २४ करोड ४३ लाख ८४ हजार ६००, नेपाल पूर्वाधार बैंक रु १८ करोड ७८ लाख ४५ हजार ६४२ र मञ्जुश्री फाइनान्स रु १७ करोड ६७ लाख ५१ हजार १२५ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

गुर्खाज फाइनान्स श्री इन्भेष्टमेन्ट फाइनान्स, आइसिएफसी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो । साइन रेसुङा ९।९८, मल्टीप्रर्पोज फाइनान्स ९।९७, समृद्धि फाइनान्स ९।९५, महालक्षमी विकास बैंक ९।९३ र सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९।९२ प्रतिशतले कमाए । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक ३।७५, ओरियन्टल होटल २।७०, एनबिबिएल डिवेञ्चर १।८५, लक्ष्मी विकास बैंकको ऋणपत्र १।२३ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले १।०८ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस्

Flash News

इलाम १ र सुनसरी ४ मा रोकिएको मतगणना सुरु मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु क्युएफएक्स बुटवलले तेस्रो वार्षिकत्सोवको अवसरमा टिकटमा छुट लुम्बिनी बौद्ध विश्वविद्यालयले १८ औं स्थापना दिवस सप्ताहव्यापी मनाउँदै देउवाका ६ मन्त्री पराजित आमनिर्वाचनमा राप्रपाको फड्को लुम्बिनी प्रदेशमा एमाले बन्यो ठूलो दल यी तीन उम्मेदवार, जसले अर्घाखाँचीमा सबैभन्दा कम मत प्राप्त गरे उत्तर कोरियाको लक्ष्य विश्वको बलियो आणविक शक्ति प्राप्त गर्नु होः किम जोङ उन चितवनमा गैंडा मृत्यु प्रकरणमा मुछिएका ठेकेदारलाई लुम्बिनीमा ३ अर्बको ठेक्का ! १५७ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति सिट जित्यो ? अमेरिकामा हुवावे र जेडटीइले उत्पादन गरेका दूरसञ्चार उपकरण विक्रीमा प्रतिबन्ध रेल्वे कम्पनीले कर्मचारी भर्ना खुलायो, चालकदेखि टेक्निसियनसम्म १० जना माग प्रत्यक्षतर्फ १५४ सिटको टुङ्गो लाग्दा यी ११ स्थानमा बाँकी गुल्मीमा धान उत्पादन घट्यो, करिब २८ हजार मेट्रिकटन उत्पादन तुराँग वहुप्राविधिक शिक्षालय विपन्न विद्यार्थीकाे सहारा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ विजयी गिरिराजमणिलाई हराउँदै एमालेका लक्ष्मी महतो विजयी आफूमाथि गोली प्रहार भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिए खान प्रचण्ड र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता