१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

बुटवल । लियो क्लब अफ बुटवल गोल्डेन जुब्लीको पहिलो पद हस्तान्तरण तथा अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको छ । बुटवल कालिकानगरको रोमा ग्रिल रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि वर्ष २०२०/२१ का अध्यक्ष एवम् क्लबका संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) ले वर्ष २०२१/२२ का नव निर्वाचित अध्यक्ष श्रीधर बस्याललाई पद हस्तान्तरण गरेका थिए ।

Advertisement

कार्यक्रमा प्रमुख अतिथि को रुपमा क्लबको स्पोन्सर क्लब, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द युथका वर्ष २०२१/२२ का अध्यक्ष सन्तोष सिमंगैडा त्यसैगरी विशिष्ट अतिथिमा डिष्ट्रक ३२५ बि २ नेपालका कोषध्यक्ष गोविन्द बन्जाडे, स्पोन्सर क्लब, लायन्स क्लव अफ बुटवल मणिमुकुन्द युथका वर्ष २०२०/२१ का अध्यक्ष लायन यदुमणी पोख्रेल त्यसैगरी लियो डिष्ट्रक ३२५ बि २ नेपालको एरिया ४ का चिफ सुमन अधिकारी, डिष्ट्रक ३२५ बि २ नेपालको एरिया ४ का को चिफ लियो सन्तोष खरेल, लगाएतले बाेलेका थिए।

त्यसैगरी क्लबले स्थापना वर्षमै यती धेरै सामाजिक क्रियाकलापमा अग्रसर हुनुले क्लबको छुट्टै पहिचान बनाउनुका साथै अन्य क्लबको लागि पनि यो क्लब प्रेरणादायी क्लब बन्नेमा निश्वस्त हुँदै शुभकामना समेत दिएका थिए । पद हस्तान्त्रण गर्ने क्रममा क्लबका क्लबका संस्थापक अध्यक्ष पोख्रेलले २०२०/२१ मा गरिएका २२ वटा सामाजिक कार्यहरुको बारेमा संक्षिप्त जानकारी दिएका थिए भने कोषाध्यक्ष सुनिल कुँवरले आम्दानी खर्च विवरण सार्वजनिक गरेका थिए । यसैगरी संस्थापक अध्यक्ष पोख्रेलले क्लबलाई यहाँसम्म ल्याउनको लागि साथ र सहयोग गर्नुहुने सम्पूर्ण क्लबका सदस्य लगाएत शुभचिन्तक प्रति धन्यवाद ब्यक्त गर्दै क्लबमा उत्कृष्ट काम गर्ने सदस्यलाई अवार्ड द्वारा सम्मानित गरिएको थियो त्यसैगरी सामाजिक कार्यको नेतृत्व गर्ने सदस्यलाई प्रशंसा पत्र प्रदान गरिएको थियो र क्लबका संस्थापक सदस्यलाई संस्थापक सदस्यता प्रमाण पत्र प्रदान समेत गरिएको थियो ।

क्लब स्थापना गर्न, गतिशिल बनाउन र क्लबका हरेक कार्यमा साथ सहयोग गर्नुहुने लायन्स र लियोका केही अग्रज ब्यत्तीत्वलाई सम्मान पत्र द्वारा सम्मानित गरिएको थियो भने उपस्थित सम्पूर्ण अतिथिहरुलाइ मायाको चिनो पनि प्रदान गरिएको थियो । कार्यक्रममा बोल्दै नव निर्वाचित अध्यक्ष श्रीधर बस्यालले क्लबलाई आफ्नो कार्यकालमा अझ गतिशिल बनाउनमा कुनैपनि कसर बाँकी नराख्ने र स्थापना वर्षमा भन्दापनि धरै रचनात्मक कार्यहरु गदै क्लबको उचाईलाई थप माथी उठाउने प्रतिवद्धता ब्यक्त गदै सम्पूर्ण सदस्य साथीहरुलाइ अझ क्रियाशिल भइ काम गर्न समेत आग्रह गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष भेषराज पोख्रेल (राज) ले पहिलो सेसनको अध्यक्षता गरेका थिए र पद हस्तान्तरण पश्चात नवनिर्वाचित अध्यक्ष लियो श्रीधर बस्यालले दोस्रो सेसनको अध्यक्षता गरेका थिए भने कार्यक्रमको सञ्चालन मिडिया डाइरेक्टर जिवन थापा क्षेत्री र नव निर्वाचित सचिव लियो महेश ज्ञवालीले गरेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका भैरहवा आँखा अस्पतालमा अत्याधुनिक मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिने १ करोड मतगणना हुँदा कुन दलको कति मत ? सुकुमवासी समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालयले संयोजन गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई एक दर्जन निर्माण कम्पनी कालो सूचिमा पर्दा बुटवलको सडक अलपत्र पार्ने ठेकेदारलाई उन्मुक्ति हार्दिक श्रद्धाञ्जली एन.बी. जी !