ताजा अपडेट »

रुपन्देहीमा संक्रमण घट्यो ,९ जना मात्रै थपिए

आइतबार, २७ असार २०७८, १६ : ४३
4 Shares

बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित केही दिन यताको तुलनामा घटेका छन् । १ सय देखि २ सयसम्म दैनिक परीक्षणमा ४० देखि ५० दैनिक संक्रमित थपिएपनि आज भने ९ जना मात्रै संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टाको अवधिमा १३१ जनाको कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा ४४ जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तामा नगरपालिकमा ५, बुटवल उपमहानगरपालिकामा २, देवदह नगरपालिका र सुद्धोधन गाउँपालिकामा १/१ जना संक्रमित थपिएका हुन्। पछिल्लोे २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन ।
जिल्लामा कोरोनाबाट मृत्यु हुनेको ५०४ पुगेको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ३३८ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।