ताजा अपडेट »

रोटरी रुपन्देहीको वृक्षारोपण, अस्पताल निर्माण बारे सरोकारवालाहरु संग छलफल

शनिबार, ११ साउन २०७६, १४ : ११
6 Shares

ग्लोबल आवाज, साउन ११, तिलोत्तमा

रोटरी क्लब अफ रुपन्देहीको आफ्नो ३५७ औ नियमित वैठक तथा वृक्षारोपण कार्यक्रम, एवम् रोटरीयन र नन रोटरीयनहरु बिचको को परिचयात्मक कार्यक्रम सम्पन्न गरेको छ । रोटरी क्लव अफ रुपन्देही तथा रोट्रयाक्ट क्लव अफ रुपन्देहीको संयोजनमा ति. न. पा वडा नं १० को सेमरा स्वास्थ्य चौकि परिसरमा विभिन्न जातका बिरुवाहरु वृक्षारोपण गरि कार्यक्रम गरिएको हो ।

रोटरी रुपन्देहीले सेमरा स्वास्थ्य चौकीको स्तरोन्नति गरि कम्तीमा १० शैयाको मातृ शिशु अस्पाल निर्माण गर्ने लक्ष्य राखेको वारे स्थानीय सरोकारवाला संग पनि उक्त कार्यक्रममा छलफल सम्पन्न गरेको छ ।

ति. न. पा वडा नं १० का वडाध्यक्ष व्यासमुन थारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रमा वडाध्यक्ष थारुले सामाजिक सेवाभावका साथ मानवीय सेवाको कार्यमा लागिपरेको रोटरी रुपन्देहीको प्रशंसा गर्दै रोटरी रुपन्देहीले प्रस्ताव गरेको प्रसुति अस्पताल निर्माणको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्समेत ब्यक्तगरेका थिए ।

ति. न. पा वडा नं ७ का अध्यक्ष दुर्गा प्रसाद पाण्डे, वडा नं ११ का अध्यक्ष मुक्तिनारायण चौधरी तथा सामाजिक अगुवा कृष्ण पौडेलले रोटरी रुपन्देहीले प्रस्ताव गरेको अस्पताल निर्माण गर्ने लक्षमा सवै स्थानीयबासी एकजुट भई होस्टेमा हैसे गरि साथ दिन तैयार रहेको र आफुहरु पनि सहयोग गर्न आतुर रहेको प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष गुणानिधि भण्डारी र स्थानीय सिर्जनशिल आमा समुहकी सीता पौडेल लगाएतले रोटरीले गरेका कामको प्रशंसा गरेका थिए भने रोटरी डिष्ट्रिक्ट ३२९२, जोन १७ का असिस्टेन्ट गर्भनर रो. गोपाल प्रसाद न्यौपाने, क्लवका पुर्व अध्यक्षहरु रो. राजकुमार पाण्डे, रो. देवानन्द पाण्डे, क्लवका वर्ष– २०१९–२०२० का प्रस्ताबित अध्यक्ष रो. राम प्रसाद खरेल, मेम्वरसिप डाईरेक्टर रो. हेमराज पौडेल र वृक्षारोपण कार्यक्रम संयोजक रो. भुपाल गीरीले पनि आ–आफ्नो भनाई राखेका थिए ।

क्लवका अध्यक्ष रो.सुरज खत्रीको अध्यक्षतामा भएको सो कायक्रमा, अध्यक्ष खत्रीले रोटरी रुपन्देहीले डिष्ट्रिकर ग्लोवल ग्रान्ट अन्तर्गत स्थानीय स्रोत समेत संकलन गरी १ करोड ५० लाख रुपैयाको लागतमा १० शैयाको मातृ शिशु अस्पताल निर्माण गर्ने लक्ष्य राखोको र सोही अनुसार अस्पताल निर्माणको प्रस्ताव गरिएको जानकारी गराएका थिए ।

रोटरीयन, रोट्रयाक्टर, नन रोटरीयन र स्थानीय गरि २५० जना बढीको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन सचिव सुवोध भट्टराईले गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।