ताजा अपडेट »

बुटवल-पाल्पा सडकखण्ड सूचारु, राम्दीमा एकतर्फी खुल्यो

आइतबार, २७ असार २०७८, १५ : १२
4 Shares

बुटवल । पहिरोका कारण अवरुद्ध बुटवल–पाल्पा सडकखण्ड सूचारु भएकोे छ । गयरातिको वर्षाको कारण पाल्पाको तिनाउ गाउँपालिका स्थित सिद्धबाबा क्षेत्र र राम्दीमा पहिरो जाँदा सो सडक आज बिहानदेखि अवरुद्ध बनेको थियो ।


सिद्धबाबा क्षेत्रमा दुई तर्फी रुपमा र राम्दीमा एकतर्फी रुपमा सडक सञ्चालनमा आएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । राम्दीको पहिरो अहिले पनि हटाउने क्रम जारी रहेकाले पानी नपरेमा केही समयमा नै दुईतर्फी रुपमा नै सञ्चालनमा आउने प्रहरीले जनाएको छ ।

वर्षामा पटक–पटक अवरुद्ध हुने गरेको सो सडक विहिवार बर्षासँगै तिनाउ गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो खस्दा २ दिनसम्म अवरुद्ध भएको थियो । शुक्रबार साँझबाट खुलेको सडक आज बिहानबाट पुनः अवरुद्ध भएको थियो । बुटवल–पाल्पा सडकखण्डमा पानी पर्दा हरेक वर्ष पहिरो जाने गरेकाले यात्रीहरुले सास्ती पाउँदै आएका छन् ।

https://www.globalaawaj.com/archives/120128
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।