ताजा अपडेट »

एक महिनादेखि बेपत्ता सुजिताको शव भेटियो

आइतबार, २७ असार २०७८, १३ : ५८
2 Shares

काठमाडौँ । एक महिनादेखि बेपत्ता सुजिता ठाकुरको शव फेला परेको छ । महोत्तरीको लोहारपट्टी नगरपालिका-७ स्थित भ्रमरपुराकी २७ वर्षीया ठाकुर जेठ २० गतेदेखि बेपत्ता थिइन् ।

ठाकुरको शव खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको हो । आइतबार सुजिता बस्ने घरबाट करिब आधा किलोमिटर टाढा रहेको आफ्नै ससुराको जग्गामा दुवै हात बाँधेर खाल्डो खनी गाडिएको अवस्थामा शव फेला परेको हो । जुन खाडललाई ढलान पनि गरिएको थियो । उनलाई हत्या गरेर फालिएको जस्तो देखिएको र शव निकालेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ठाकुरको हत्या आशंकामा प्रहरीले यसअघि १३ असारमा उनका पति मुकेश र देवर रुपेशलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । आरोपित ससुरा अझै फरार छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।