ताजा अपडेट »

‘मै दुःखी किसान’ पुनः रेकर्ड गर्ने तयारीमा शर्मा

शनिबार, ११ साउन २०७६, १२ : ३२
2 Shares

साउन ११,
ग्लोबल आवाज

बुटवल । जनवादी गायत जीवन शर्माका गीतले देश र जनतालाई अचम्मको उर्जा दिने गर्छ । मुलुकका विभिन्न राजनीतिक आन्दोलन होस वा सामाजिक आन्दोलनमा उनले सिर्जना गरेका र गाएका गीतहरु देश र जनतासँग जोडिएका हुन्छन् । सधै सरल र साधारण जीवन शैलीमा रहँदै आएका उनले विभिन्न समयमा सिर्जना गरेका सबै गीतहरु सधै नयाँ जस्तै लाग्छ । उनैले सिर्जनाको गरेको ‘मै दुःखी किसान’ बोलको गीत नयाँ रुपमा म्यूजिक भिडियो सहित बजारमा ल्याउने तयारी गर्दै छन् । गीत रेकर्ड तथा म्यूजिक भिडियो निर्माणका लागि सहयोगका लागि समेत उनले अपेक्षा व्यक्त गरेका छन् ।

https://youtu.be/FhVep7t4Vvw?t=13
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।