ताजा अपडेट »

आईसीसी २०-२० विश्वकप एसिया छनोट : कुवेतबिरुद्ध नेपाल ७ विकेटले विजयी

शनिबार, ११ साउन २०७६, १० : ५०
6 Shares

साउन ११,

आईसीसी ट्वान्टी २० विश्वकप  एसिया छनोट अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ ।कप्तान पारस खड्काको विष्फोटक अर्धशतक तथा बसन्त रेग्मी र सन्दीप लामिछानेको स्पिन बलिङले कुवेतलाई ७ विकेटले पराजित गरेको हो ।

कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६८ रनको शानदार पारी खेले ।

सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १४१ रन बनाएको थियो । जितसँगै नेपाल टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोटमा पुग्ने सम्भावना बलियो भएको छ भने कुवेत प्रतियोगिताबाट बाहिरिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।