ताजा अपडेट »

७० औं हलोक्रान्ति दिवस : बाहुनहरुले सामुहिकरुपमा हलो जोतेको दिन

शनिबार, ११ साउन २०७६, १० : ४१
89 Shares

साउन ११ ,

लमजुङ । आज ७० औं हलोक्रान्ति दिवस । देशमा प्रजातन्त्रको उदय हुनुअघि वि.सं. २००६ साल साउन ११ गते आजकै दिन लमजुङको दुराडाँडा–६ अर्चल्यानीको बाटेगरामा बाहुनहरुले सामुहिकरुपमा हलो जोतेका थिए । प्रत्येक वर्ष लमजुङमा हलोक्रान्ति दिवस मनाइन्छ ।

ब्राह्मणवाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि बाहुनले पहिलोपटक हलो जोतेको दिनलाई हलो क्रान्ति दिवसको रुपमा मनाउन थालिएको हो । ब्राह्मणबाद तथा जातीय भेदभावसँगै हलीप्रथा अन्त्यको लागि पण्डित तोयानाथ अधिकारीको अगुवाइमा लेफ्टिनेन्ट शेषकान्त अधिकारी, मुखिया हरिभक्त पौडेल, मायानाथ पौडेल, श्रीकान्त अधिकारी लगायत २७ जना बाहुनले नेपालमै पहिलो पटक हलो जोतेका थिए ।

हलो जोतेको अभियोगमा तत्कालीन सरकारले सामूहिक हलो जोत्नेलाई २००७ साल साउन ११ गते पक्राउ गरी जेल हालेको थियो । उनीहरुलाई उल्याउन त्यतिखेर ‘शेषकान्त लेप्टेन, हरिभक्त तिघ्रे, तोयानाथ पण्डित, हलो जोति बिग्रे’ भन्ने गीत नै बनाएका थिए । त्यही दिनको सम्झनामा आजको दिनलाई हलोक्रान्ति दिवसका रुपमा मनाउने गरिन्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।