ताजा अपडेट »

भैरहवा आगलागी : २० भन्दा बढी दमकलद्वारा ८ घण्टामा नियन्त्रण,५ करोड बढीको क्षति

आइतबार, २७ असार २०७८, ०७ : १८
12 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा भएको आगलागी नियन्त्रणमा आएको छ । सिद्धार्थनगर नगरपालिका–८ नारायण पथमा भएको आगलागी नियन्त्रणमा आएको छ । तर, पूर्ण रुपमा आगो निभेको भने छैन । नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा शनिबार राति सवा नौ बजेदेखि आगो लागेको थियो । रातभर नियन्त्रणमा नआएको आगो आइतबार बिहान ५ बजे नियन्त्रणमा आएपनि अहिले आगो निभाउने काम भइरहेको छ ।

आगो नियन्त्रणका लागि २० भन्दा बढी दमकलको प्रयोग भएको छ भने शसस्त्र प्रहरी , नेपाली सेना र स्थानीयको सहभागिता रहेको छ । जिल्लाका भैरहवा, बुटवल, तिलोत्तमा, सैनामैना, लुम्बिनी, भैरहवा बिमानस्थल, नेपाल आयल निगममा रहेका दमकलका साथै छिमेकी जिल्लाहरु परासी, कपिलवस्तु र सुनवल नगरपालिका लगाएतका दमकलहरु सहभागी छन् ।

आगलागीबाट दुई तल्ले घर ध्वस्त भएको छ । प्लाइबोर्डको ठूलो गोदाम रहेको घरमा विद्युत सर्किट सर्ट भएर आगोलागी हुँदा सबै प्लाइबोर्ड नष्ट भएको छ । माथिल्लो तल्लामा सोही पसलधनीको परिवार बस्दै आएकोमा निजहरुको सकुशल उद्धार गरिएको थियो । घरमै रहेको नगद, मोटरसाइल, लगाएत गरि करिब ५ करोड बढी को क्षति भएको घरधनी सुन्दर अग्रहरीले जानकारी दिए ।

https://www.globalaawaj.com/archives/120035
राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा