ताजा अपडेट »

भैरहवामा आगलागी : ४ दमकल,प्रहरी र सेनाद्वारा नियन्त्रणको प्रयास

शनिबार, २६ असार २०७८, २२ : ४६
6 Shares

भैरहवा । रुपन्देहीको भैरहवामा आगलागी भएको छ । सिद्धार्थनगर नगरपालिका –८ भैरहवाको नारायण पथमा रहेको सुन्दर ग्लास हाउसमा रातिको सवा नौ बजेदेखि आगलागी भएको हो । आगो निभाउन सिद्धार्थनगर लगाएत रुपन्देहीका विभिन्न पालिकाका ४ दमकल,शसस्त्र प्रहरी , नेपाली सेना र स्थानीयले प्रयास गरिरहेका छन् । तर, अझैपनि आगो भने नियन्त्रणमा आएको छैन । आगलागीको कारण र क्षति बारे विस्तृत विवरण आउन बांकी ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा