ताजा अपडेट »

चलचित्र ‘गुल्मेली दाइ’ को ‘तिमी सँगै’ गित सार्वजनिक

शुक्रबार, २५ असार २०७८, ११ : ३३
32 Shares

बुटवल । तिलक गाहा मगरको नेपाली कथानाक चलचित्र ‘गुल्मेली दाइ‘ को ‘तिमी सँगै’ गित सार्वजनिक भएको छ ।

कलाकार पुस्कर सुनुवार र दुर्गा परियारको स्वरमा रहेको गुल्मेली दाइ तिमी सँगै रोमान्टिक गीत ओएसआर मोभिज् युट्युब च्यानलबाट बिहिबार सार्बजनिक भएको हो । लेखन तथा निर्देशन केशव गुरुङले, द्वन्द करन तुलाचनले गरेका छन् ।

उक्त गितकोे छायांकन, सम्पादन, प्राबिधिक निर्देशन लुम्बिनी फोटोग्राफर संघका अध्यक्ष एवं लुम्बिनी चलचित्र कलाकर्मी संघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत रहेका मनिष पन्थले गरेका छन् ।

नृत्य गोबिन्द राइ, कलाकारहरु केशव गुरुङ, आसराम गुरुङ, अनुता गुरुङ, खीम रेस्मि मगर, उसा फौजा, बिष्णु श्रेष्ठ, बिरमाया गुरुङ, खुम बहादुर खाशु मगर लगायतले अभिनय गरेका छन् ।चलचित्रको सम्पुर्ण छायांकन गुल्मिमै सकिएको र गुल्मीको प्रख्यात धार्मिक तथा पर्यटकीय स्थानहरुलाई चलचित्रमा कैद गरिएको चलचित्रका छायांकार, सम्पादक, प्राविधिक निर्देशक पन्थले बताए ।

परिस्थिति केही सहज भए लगत्तै हङकङबाट चलचित्रको प्रदर्शन गर्ने चलचित्रका निर्माता तिलक गाहा मगरले जानकारी दिए ।

https://youtu.be/zHEv4jPgB2k
ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।