ताजा अपडेट »

बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन

बुधबार, २३ असार २०७८, ११ : १८
6 Shares

एजेन्सी । बलिउडका चर्चित अभिनेता दिलीप कुमारको निधन भएको छ । भारतीय समयानुसार बुधबार बिहान साढे सात बजे मुम्‍बईको खार हिंदुजा अस्पतालमा ९८ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् । समाचारमा जनाइएअनुसार उनी लामो समयदेखि बिरामी थिए । 

उनले 'ज्वार भाटा' (१९४४), 'अंदाज' (१९४९), 'आन' (१९५२), 'देवदास' (१९५५), 'आजाद' (१९५५), 'मुगल-ए-आजम' (१९६०), 'गंगा जमुना' (१९६१), 'क्रान्ति' (१९९१), 'कर्मा' (१९८६) और 'सौदागर' (१९९१) समेतगरी ५० भन्‍दा बढी बलिउड फिल्‍ममा अभिनय गरेका छन् ।उनले ८ पटक 'बेस्ट एक्टर' का रूपमा फिल्मफेयर अवार्ड पाएका थिए । यस्‍तै हिन्‍दी सिनेमामा सबैभन्‍दा ठूलो सम्‍मान मानिने 'दादा साहेब फाल्के अवार्ड'बाट पनि  उनलाई सम्‍मानित गरिएको थियो । सन २०१५ मा भारत सरकारले उनलाई पद्‍म भूषण पनि दिएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।