ताजा अपडेट »

सगरमाथाको देशबाट दुनियाँलाई समाजवादको उदाहरण दिनुछ: प्रचण्ड

विहीबार, ०९ साउन २०७६, १४ : ४७
8 Shares

साउन ९,
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टी एकता माथिदेखि तलसम्म अन्तिम चरणमा पुगेको भन्दै भदौ महिना देशभर अभियान सञ्चालन गर्ने बताएका छन्।
 
पार्टी कार्यालय धुम्वाराहीमा आयोजित नेकपाका संस्थापक नेता नरबहादुर कर्मचार्यको पाँचौं स्मृति दिवस कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।  'पार्टी एकता गरेर असाधारण पहल कदमी हामीले अगाडि बढाएका छौँ। एकतालाई अन्तिम चरणमा सफल पार्ने चरणमा पुगेका छौँ,' उनले अगाडि भने, 'यसै महिना स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक बसेर भदौ महिनामा देशव्यापी अभियान लैजाने छौँ। सकारका कामकारवाहीको बारेमा जनतालाई अवगत गराउन तलसम्म पुग्ने छौँ।'

उनले सरकारका कामलाई प्रभावकारी बनाएर समाजवादको उदाहरण दुनियाँलाई दिइनेसमेत बताए। संसारभर गरिबी बढिरहेको भन्दै अध्यक्ष प्रचण्डले यसको समाधान समाजवादबाट मात्र हुने भन्दै अगाडि भने, 'सगरमाथाको देश नेपालबाट विश्वलाई सारा दुनियाँलाई समाजवादको उदाहरण दिनुछ।' उनले त्यसको लागि सरकारको कामलाई प्रभावकारी बनाएर जनताको मन जितेर मात्रै सम्बोधन गर्न सकिने बताए। उनले जनताले कम्युनिस्टहरुलाई भरोसा गरेर ठूलो अवसर दिएको भन्दै भने, 'हाम्रो अगाडि ठूलो अवसर छ। चुनौति पनि छ। जनताले दिएको भरोसालाई पूरा गरेर समृद्धिको नारा सार्थक पार्नु छ।' 

नेपालको कम्युनिस्ट आन्दोलनको एकता संस्थापक नेता कर्मचार्यको नरवहादुर कर्मचार्यको चाहना भएको बताए। 'कम्युनिस्ट आन्दोलन एकतावद्ध होस भन्ने चाहना थियो। अहिले उहाँलाई सम्झनु भनेको पार्टी एकतालाई बलियो बनाउनु हो,' उनले भने, जनताले दिएको जिम्मेवारीलाई पूरा गर्ने जिम्मेवारी हामी माझ छ।'

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।