१८ आश्विन २०७९, मंगलवार

Oct 4, 2022

साउन ९,
काठमाण्डौं । केही दिनदेखि धनकमल गुरुङ हराएपछि जिल्ला प्रहरी कार्यालय गोरखामा उजुरी पर्‍यो। प्रहरीले गुरुङको खोजी थालिहाल्यो। तर, गुरुङमात्र भेटिएनन् उनीसँगै ठूलो परिमाणको सुनसमेत प्रहरीले बरामद गर्‍यो।

अवैध रुपमा लुकाइराखेको करिब १२ किलो सुन गुरुङबाट बरामद भएको हो। ओढारमा लुकिरहेको सूचनाका आधारमा प्रहरीले धार्चे गाँउपालिका ३ को खोर्लेसीस्थित एक ओढारमा छापा मारेको थियो जहाँ गुरुङमात्र भेटिएनन्, सुन पनि फेला पर्‍यो। प्रहरीले सुनसहित धनकमल गुरुङलाई नियन्त्रणमा लिएको छ। ‘१२ पिस सुन फेला परेको छ। अहिले कति केजी भन्ने खुलेको छैन,’ नेपाल प्रहरीका प्रवक्ता डिआइजी विश्वराज पोखरेलले भने। एउटा पिस सुन एक किलोको हुनसक्ने आधारमा १२ किलो भएको हुनसक्छ।

चट्टानभित्र बोरामा लुकाइराखेको १२ वटा सुनका बिस्कुट फेला पारेको प्रहरीले जानकारी दिएको छ। १२ किलो सुनको बजार मूल्य ६ करोड बराबर हुन आउँछ। प्रहरी नियन्त्रणमा रहेका गुरुङ गत असार ११ गतेदेखि हराएको प्रहरीलाई सुचना आएको थियो। उनलाई खोजी गर्दा नै सुन फेला परेको प्रहरीले जानकारी दिएको छ। गुरुङ खच्चड धपाउने काम गर्दै आएका छन्। गाँउमा सुन लुट्न आएको सुचनाको आधारमा आफूले ओढारमा सुन लुकाएको उनले बयान दिएको प्रहरीले जनाएको छ।-सविन ढकाल/पहिलो पोष्ट

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

जित सुनिश्चित नदेखेपछि प्रचण्ड चितवन छाडेर गोरखा जाने ! जेलमा भएको दङ्गामा कम्तीमा पन्ध्रको मृत्यु जुवाको खालबाट वडाध्यक्ष सहित १९ जना पक्राउ बेपत्ता भएको ३८ दिनपछि वडा सदस्यको शव भेटियो कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधार लुम्बिनीको बर्दियामा भ्यानको ठक्करबाट युवतीको मृत्यु दशैंमा धामीझाँक्रीद्वारा ब्रहमलुट, स्थानीय प्रशासन मौन प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता २३ असोजमा घाँटीमा मासुको हड्डी अड्किएर ४५ वर्षीय पुरुषको मृत्यु पाल्पामा पञ्चबली लिएर मन्दिर हिँडेको जिप दुर्घटना : ४ जना घाइते, २ को अवस्था गम्भिर एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड दुवईमा सम्पन्न सिट बाँडफाट टुंगो लगाउन बैठक ३ बजे बस्ने दशैंमा रुकुमका बादी बस्तीलाई छैन कुनै रौनक दशैमा यसरी बनाउनुहोस मटन ग्रेभी, चिकेन रोस्ट र पनिर ग्रेभी खोला किनारमा गाडी राखेर नुहाउन गएका बाबुछोरा बेपत्ता न्यून आय भएका परिवारका लागि सरकारले दुई हजार घर निर्माण गर्ने उत्तर कोरियाद्वारा जापानतर्फ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार पत्रकार उपचार कोषमा ६० लाख, करोड लक्ष्य विश्व पशु दिवस : पशु संरक्षणमा चूनौती ज्याला नपाउँदा मजदुरले दसैँ मनाउन पाएनन्