१४ आश्विन २०७९, शुक्रबार

Sep 30, 2022

साउन ९,
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी ने क पाका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता धरापमा रहेको भन्ने भनाइमा सत्यता नरहेको बताएका छन्।

‘पार्टी धरापमा छ भन्ने कुरामा सत्यता छैन,’ नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको छैटौं स्मृति दिवसमा नेता नेपालले भने, ‘पार्टी बलियो जगमा छ।’ तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतालाई फलामे एकता भएको बताउँदे उनले कुनै पनि हालतमा नटुट्ने दाबी गरे। ‘यो फलामे एकता हो। भत्किँदैन,’ नेता नेपालले भने। पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उनले पार्टी एकता रातारात नभएको दाबी गरेका थिए।

‘पार्टी एकता गरेर ठीक बाटो समातेका छौं,’ उनले भने, ‘सबै तहको एकताको काम चलिरहेको छ।’ उनले गल्ती र कमजोरी सुधार्दै गए नेपालमा कम्युनिस्टको विकल्पको कल्पना गर्न नसकिने समेत बताएका थिए। ‘जनतासँग माछा र पानीको जस्तो सम्बन्ध रहनुपर्छ,’ नेता नेपालले भने। रोचक त के भने २०७४ असोज तेस्रो साता बाबुराम भट्टराईको नयाँ शक्तिसहित पार्टी एकता हुँदा वरिष्ठ नेता नेपालको भूमिका गौण बनाइएको थियो। यतिसम्म कि घोषणा सभा सुरु भएको ३० मिनेटपछि मात्रै नेता नेपाललाई आसन ग्रहण गराइएको थियो। जुटेको केही दिनमै डाक्टर बाबुराम भट्टराई एकता प्रक्रियाबाट बाहिरिएका थिए। 

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

कांग्रेसभित्र विद्रोह गर्ने बेला आयो : गगन थापा दसैंको मुखमा नक्कली नोटको बिगबिगी रवीन्द्र मिश्रले गरे काठमाडौं-१ बाट उम्मेदवारी घोषणा नवौं राष्ट्रिय खेलकुद: महिला क्रिकेटको खेल तालिका सार्वजनिक नगरवासीका गुनासो सुन्न ‘हेल्लो तिलोत्तमा’ गुल्मीको ‘लितुङ्गकोट’ भाकलसँगै लाहुरेहरुको गाउँ ‘फोक्सिङ्ग’ सातै प्रदेशका नीति आयाेगका उपाध्यक्षको सरकारलाई आग्रहः आयोग चलाउने छुट्टै ऐन चाहियो मेलम्ची र इन्द्रावतीमा अस्थायी पुल नक्कली नोटसहित पक्राउ जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ पोखरामा बेच्न राखिएका भेडाच्यांग्रामा पीपीआर, स्वस्थ छानेर किन्न पशु विज्ञको सुझाव पत्रकारप्रति जनप्रतिनिधिको व्यबहार ‘अपमानजनक’, दृष्टिकोण परिवर्तन गर्न आवश्यक फोहर फाल्ने स्थान पहिचान गर्दै काठमाडौं महानगर फेरि बढ्यो सुनको मूल्य पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ: गगन थापा खाद्यले माग्यो विभिन्न पदमा १०६ कर्मचारी नेप्सेमा नेपाल ल्यूव आयलको शेयरमूल्य समायोजन मोटरसाइकल अनियन्त्रित भई खसेका व्यक्तिलाई ट्रकले कुल्चिदा घटनास्थलमै मृत्यु एक किमीको भाडा २५ रुपैयाँ! गोठाटार गोलीकाण्डः एक महिलासहित ३ जना पक्राउ