ताजा अपडेट »

गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १३

विहीबार, ०९ साउन २०७६, १२ : ०९
2 Shares

साउन ९,

ग्लोबल आवाज

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाका दुई स्थानमा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । अबिर वर्षासँगै मँगलवार राती पहिरोमा परेर सत्यवति गाउँपालिका ४ को लिम्घामा बेपत्ता भएका डेढ बर्षीय बालक सञ्जु विक र ७ वर्षिय तारा बिक वडा नं ३ को ठूलोलुम्पेकमा पहिरोमा बेपत्ता माया बिक र बवि विकको शव फेला परेको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले पुष्टी गरे ।

यससँगै २ स्थानमा ३ वटा घरमा पहिरोले क्षती पुराएर १३ जनाको मृत्यु भएको हो । बेपत्ता मध्ये ३ जनाको बुधवार साँझ र १ जनाको बिहिवार बिहान सव फेला परेको प्रहरीले जनाएको छ । लिम्घामा मंगलबार निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमान्सु विक, छलि विक र सिवानी विक तथा ठूलोलुम्पेकमा तिल कुमारी र छोरा दर्शन तरामु मगर तथा दुर्गा बहादुर सिंजालीको शव फेला परेको थियो ।


पहिरोमा घाइते भएका ठूलोलुम्पेकका करिष्मा र धनी तरामुलाई दुई दिन पछि परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली सहितको टोलीले हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डांै लगिएको छ । घाइते २ जनाको टाउकोमा चोट भएकाले थप उपचारको लागि काठमाडौं पठाउनु परेको उपचारमा खटिएकी डक्टर शिला ढकालले बताइन् । पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध भएपछि बुधबार साँझ हेलिकप्टर मार्फत केहि राहत पहिरो प्रभावित क्षेत्रमा पठाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।

हेलिकप्टरले २० क्विन्टल चामल, दुई क्विन्टल दाल र एक क्विन्टल चिउरा ठुलोलुम्पेकमा छोडेको पौडेलले बताए । बिपत व्यावस्थापन महाशाखा मार्फत हेलिकप्टरले पोखराबाट राहत लिएर आएको हो । पहिरोले ठुलो मानवीय तथा भौतिक क्षति पु¥याएपछि दुई स्थानका करिव ६ सय घरपरिवार सुरक्षित स्थानमा सारिएको छ । सत्यवति गाउँपालिका वडा नं ३ ठुलोलुम्पेकको सिङ्गदी गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।

लुम्पेककै अन्य बस्ती पनि पहिरोको खतरामा रहेकाले करिव ४ सय जनालाई घरडाँडा, अस्लेवा रामबारी, धर्मपुर मावि, ढुङ्गाचाल्ने, भानु प्रावी र धर्मपुर प्राविमा व्यावस्थापन गरेको उद्धारमा खटिएका सशस्त्र प्रहरी नायव उपरिक्षक दिनेश रायमाझीले बताए । त्यस्तै वडा नं ४ लिम्घामा पनि दुई सय घर परिवारलाई सरस्वति माविमा व्यावस्थापन गरिएको छ । प्रभावित क्षेत्रमा जिल्लाबाट नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र पाल्पाबाट थप नेपाली सेनाका सुरक्षा निकाय खटाइएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।