७ चैत्र २०७९, मंगलवार

Mar 21, 2023

तिलोत्तमा। तिलोत्तमा नगरपालिकाको वडा नं. १२ का ५० जना किसानले लागत साझेदारीमा एक/एक वटा गाई प्राप्त गरेका छन् । किसानलाई व्यवसायिक पशुपालनमा अग्रसर गराउन तिलोत्तमा नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा किसानलाई गाई खरिद गर्नेगरी अनुदान उपलब्ध गराएको हो ।

संघीय कार्यक्रम अनुसार नगरपालिकाले लागत साझेदारीमा गाई प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको पशु विकास शाखाले जनाएको छ । किसान समेतको लागत साझेदारीमा कुल ४३ लाख ६० हजारको बजेटमा किसानलाई गाई खरिदमा अनुदानको अतिरिक्त पशु बीमा, आवश्यक औषधि, औजारसमेत उपलब्ध गराइएको पशु विकास शाखाले जनाएको छ । वडा नं. १२ का पाँच वटा पशुपालन समूहमार्फत् किसानले लागत साझेदारीमा गाई खरिद गरेका हुन् ।

सोमबार किसानलाई औषधि तथा कृषि औजार वितरण गर्दै कार्यवाहक नगर प्रमुख जगेश्वरदेवी चौधरीले अनुदान रकमको सदुपयोग गर्न किसानलाई आग्रह गर्नुभयो । तिलोत्तमा नगरपालिका दुधमा आत्मनिर्भर रहेको र किसानलाई प्रोत्साहन गर्न नगरपालिकाले प्रतिलिटर दुधमा एक रुपैंयाँ अनुदान समेत दिने गरेको बताउँदै उनले नगरपालिकाले उपलब्ध गराएका सेवा/सुविधा लिन किसानलाई आग्रह गरे ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

गुल्मीको चन्द्रकोट गाउँपालिकाले सोमपाल कामीलाई ५० हजार पुरस्कार दिने प्रधानमन्त्री प्रचण्डविरुद्ध नारावाजी सालकको खपेटासहित गोंगबुबाट एक पक्राउ उँखुजन्य उत्पादनलाई व्यवस्थित गर्न सहकारी गठन दलित समुदायको हकअधिकारका लागि सिङ्गो राज्य जिम्मेवार छ : प्रधानमन्त्री प्रचण्ड जातीय छुवाछूत अन्त्यका लागि सबै लाग्नुपर्छ : अध्यक्ष ओली बर्दिवास मेडिकल कलेज नबन्दै झमेलामा संकिणता र जडता नै नेपालको ओरालो यात्रा ! प्रधानमन्त्री प्रचण्डले गरे सडकको शिलान्यास गरिब र निमुखा जनताको हितमा काम गर्नुपर्छ :राष्ट्रपति पौडेल सरकारमा जान एकीकृत समाजवादीद्वारा कार्यदल गठन दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन सात करोडभन्दा बढी बालबालिका पानीजन्य संक्रमणको खतरामा सिटी होटलले आइपीओ निष्कासन गर्न पायो अनुमति सोमबार रातिदेखि वर्षा जारी ‘बौद्धदर्शन र सञ्चार’ अनुसन्धानात्मक कृतिको परिचर्चा कार्यक्रम सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ? अमेरिकी डलरसँगै युरोको भाउ पनि बढ्यो, आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ? बुटवलमा यामाहाको एक्स्चेन्ज सुरु राहादानी बिभागले घोडेजात्रामा पनि सेवा दिने