१७ चैत्र २०७९, शुक्रबार

Mar 31, 2023

एजेन्सी । फिलिपिन्समा आइतार भएको सैनिक विमान दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५० पुगेको यहाँको रक्षा मन्त्रालयले सोमबार जानकारी दिएको छ  ।  फिलिपिन्सको एउटा सैनिक विमान हवाई मैदानमा अवतरण गर्नेक्रममा आइतबार दुर्घटनाग्रस्त भएको थियो । 

Advertisement

त्यसमा परेर आइतबार नै कम्तीमा पनि १७ जनाको मृत्यु भएको बताइएको थियो । सैनिकहरु चढेको उक्त विमानमा सवारमध्ये अरु घाइते थिए ।  ती घाइतेमध्ये केहीको मृत्यु भएपछि सोमबार मृतकको संख्या ५० पुगेको फिलिपिन्सको रक्षा मन्त्रालयले जानकारी दिएको हो । 

सी–१३० हर्कुलस विमानमा ९२ जना सवार रहेका बताइएको छ । सुलु प्रान्तको जोलो द्वीपस्थित विमानस्थलमा अवतरण गर्नेक्रममा नजिकैको आवासीय क्षेत्रमा आइतबार मध्याह्न विमान दुर्घटनाग्रस्त भएको हो ।     

स्थानीय सञ्चारमाध्यमहरुमा प्रशारित दृष्यहरु र प्रकाशित तस्बिरमा दुर्घटनाग्रस्त विमान भुँइमा बजारिएसँगै आगलागी भएको देखिएको छ । विमान दुर्घटनाग्रस्त भएको नजिकै घरहरु माथि बाक्लो कालो धुँवा पनि ती दृष्यमा देखिएको छ ।

सोमबार एकजना सैनिक जर्नेलले दिएको समाचारमा त्यस दुर्घटनामा ९६ जना यात्रु रहेका र तीमध्ये ५० जनाको ज्यान गएको छ । अरु घाइते रहेका छन् । उनका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा ४७ जना सैनिक छन् । अरु तीन जना गैर सैनिक नागरिक रहेका छन् । सो विमान यहाँको सेनाको रहेको बताइएको छ ।     

सो विमान कागायान डी ओरोबाट दक्षिणी मिन्डानाओ द्वीपतर्फ सैनिकहरु लिएर गैरहेको थियो । उहाँले जोलोमा विमान अवतरण गर्न लाग्दा नजिकैको आवासीय क्षेत्रमा खसेको पनि बताए ।  

फिलिपिन्सको  रक्षा मन्त्रालयले दुर्घटनाको कारणका बारेमा सरकारले अनुसन्धान शुरु गरेको जानकारी दिएको छ । सेनाका प्रवक्ताले सो विमानको दुर्घटनाका बारेमा आइतबार साँझदेखि नै अनुसन्धान शुरु भएको बताए ।     

प्रतिकृया दिनुहोस्

Flash News

कुनै विचार बोकेकालाई ‘वाइपास’ गरेर नेपाल पत्रकार महासंघ चल्दैन भैरहवामा मेयर कप चैत २२ गतेदेखि चलचित्र बिकास बोर्डका अध्यक्ष केसीको गुनासो : काम गर्न अधिकार नै छैन खसीबोका चोरी गर्ने र किन्ने तीनजना पक्राउ न्यायको पर्खाइमा प्रसूति महिला, श्रीमान फरार भएपछि शिशु र आमाको बिचल्ली नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनियताको शपथ सरकार विस्तारपछि नयाँ रेकर्ड बनाउने गरी काम गर्छौं : प्रधानमन्त्री खानेपानीमन्त्री अब्दुल खानले दिए राजीनामा उपनिर्वाचन : तनहुँ र बारामा २६ दल दर्ता पार्टीभित्र भागवण्डा नमिलेपछि काँग्रेसले बुझायो चार मन्त्रीको मात्रै नाम माल्टा पठाउने नाममा ठगी राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता, दिउँसो ३ बजेका लागि शपथको तयारी दाइजाे प्रथा र महिला हिंसाविरुद्ध मधेशमा सडक नाटक प्रदर्शन एकैदिन तोलामा एक हजार रुपैयाँ बढ्यो सुनको भाउ लुम्बिनीमा राष्ट्रिय मिडिया सम्मेलन : पत्रकारिताको भूमिका परिवर्तन गर्न मन्त्री शर्माको आग्रह मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु बिमा कम्पनीहरूले लाइसेन्स नवीकरण गर्नु नपर्ने कोरोना जोखिम बढेपछि भारतबाट फर्किने निगरानीमा, सीमामा कडाइ अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो बढ्यो आईपीओ निष्कासन गर्ने प्रस्तावसहित आज कान्तिपुर टेलिभिजनको विशेष साधारणसभा बस्दै