ताजा अपडेट »

मौद्रिक नीति : सुन राखेर ब्याज , बैंकहरुले बिमा बेच्न नपाउने

बुधबार, ०८ साउन २०७६, १७ : २५
4 Shares


साउन ८,
ग्लोबल आवाज
काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७६/७७ का लागि आज बुधबार मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नीति सार्वजनिक गर्दै उनले सर्वसाधारणलाई बैंकिङ पहुँच बढाइने बताए । मौद्रिक नीतिमा सुनलाई निक्षेपको रुपमा बैंकमा राख्न सकिने व्यवस्था गरिएको छ । बैंकहरुले कर्जा निक्षेपको अनुपात ४ दशमलव ४ प्रतिशतमा ल्याउनु पर्ने भएको छ । यस्तै बैंकको शाखा विस्तारको लागि राष्ट्रबैंकको स्वीकृत लिन नपर्ने व्यवस्था गरिएको छ ।


बैंकहरुले बिमा बेच्न नपाउने भएका छन् । मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर नेपालले बैंकहरुले बिमा बेच्न नपाउने घोषणा गरेका हुन् । यस अघि बैंकहरुले बैंकास्योरेन्सको नाममा बिमा सुविधा बेच्दै आएका थिए । अब यसरि बिमा बेच्न नपाउने घोषणा गरिएको हो । २०७७ असार मसान्त भित्र मर्ज हुने बैंकलाई थप सहुलियत दिने र मर्जरमा जाने लघुवित्तलाई पनि सहुलियत दिने नीति लिइएको छ । नेपालका बैंक वित्तिय संस्थाको विदेशमा शाखा खोल्ने नीतिगत व्यवस्था गरिने समेत बताइएको छ ।

यस्तै बाणिज्य बैंकहरुले चुक्ता पुँजीको २५ प्रतिशत बराबरको ऋणपत्र निष्कासन गर्नु पर्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले यसलाई अनिवार्य गरेको हो । पूर्वाधार विकास बैंकले समेत प्रत्येक साउन मसान्त भित्र आफ्नो कार्ययोजना राष्ट्र बैंकलाई पेश गर्नु पर्ने भएको छ । इन्टरनेटबाट भुक्तानी सेवालाई प्रोत्साहन गरिएको छ । प्रमुख पर्यटकीय स्थानमा छुट्टै काउन्टर खोली बैंकले विनिमय सेवा दिन सक्ने व्यवस्था गरिएको छ ।


विगतमा मौद्रिक नीतिभन्दा यसपटक निक्कै ढिला गरी मौद्रिक नीति प्रस्तुत गरिएको हो । विगतमा सामान्यतया बजेट आएको एक महिनाभित्र मौद्रिक नीति आउने गरेको थियो । यसपटक जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट आएकोे सन्दर्भमा झण्डै दुई महिनापछि मौद्रिक नीति आएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।