१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विपक्षी गठबन्धनबाट फर्काउने नेताहरुको प्रयास असफल भएको छ । पार्टी एकताका लागि वार्ता गरिरहेका नेताहरूले आइतबार बिहान उनकै निवास कोटेश्वरमा पुगेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिएर पार्टी एकतामा फर्किन आग्रह गरेका थिए ।

नेपाललाई भेट्न उपमहासचिव विष्णु पौडेल र नेताहरू सुवास नेम्वाङ तथा शंकर पोखरेल पुगेका थिए । नेपाल निवासमै वार्ताकार अर्का सदस्य घनश्याम भुसाल पनि थिए । भुसालले नै वार्ताको वातावरण बनाइरहेका छन् । नेपालले सर्वोच्चमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने र एमालेका सांसदको समर्थन देउवालाई छैन भनेर अदालतमा लेखेर पठाउने उद्देश्यले ओलीले जालझेल गर्न खोजेको भन्दै आफू गठबन्धनबाट पछि नहट्ने बताएको स्रोतले जनाएको छ ।

नेपाललाई भेट्न वार्ता टोलीमा रहेका दुवै पक्षका नेताहरू गएका थिए । यसअघि वार्ता टोलीबीच तीन बुँदे अनौपचारिक सहमति समेत भएको थियो । तर सर्वोच्चको फैसलाअघि ओलीसँग कुनै सम्झौता गर्ने पक्षमा नेपाल छैनन् । उनले अदालतमा चलिरहेको मुद्दालाई बाहेक राखेर एमालेको एकताका लागि अघि बढ्न सकिने र त्यसका लागि आफू र ओलीले गठन गरेको वार्ता टोलीलाई नै पुनः सक्रिय बनाउनुपर्ने बताएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग