ताजा अपडेट »

कर्मचारीलाई सञ्जेलकाे प्रश्न : तिमीले आफ्नै देश सुधार्न के कसम खायौं ?

आइतबार, २० असार २०७८, ११ : ५५
38 Shares

बुटवल । भ्रष्टाचार विरोधी कर्मचारीको रुपमा चर्चा कमाएका उपसचिव प्रेम सञ्जेलले सरकारी सेवाबाट अवकास पाएका छन् । सञ्जेल उमेर हदका कारण सेवाबाट अवकास भएका हुन् । सरकारी सेवामा ४० वर्ष विताएका सञ्जेलले फेसबुकमा आफू र आफ्नो पेशाप्रति आक्रोश पोखेका छन् ।

५८ वर्षे उमेरहदका कारण सञ्जेलले असार १५ गते अनिवार्य अवकास पाए । ‘थुइक्क मेरो ४० वर्षे सेवा, मेरो देशको नीति, विधि र प्रविधि, निजामती सेवा, मेरो नेता, कर्मचारी र म’ उनले लेखेका छन् । सञ्जेल प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएपछि सञ्चारमाध्यम र सामाजिक सञ्जालमा चर्चा पाएका थिए । २०७६ मा श्रम तथा रोजगार कार्यालय विराटनगरको प्रमुख भएलगत्तै उनलाई त्यहाँबाट सरुवा गरिएपछि उनले पत्रकार सम्मेलन गरेरै प्रधानमन्त्री ओलीलाई चुनौती दिएका थिए । २०३९ सालमा सेती अञ्चल अदालतमा खरिदार पदबाट निजामती सेवा प्रवेश गरेका सञ्जेलले २०६६ कात्तिकमा बढुवा भई उपसचिव भएका थिए ।

‘हामी घुस खादैनौँ, तपाईं घुस दिन आउनुभएको भए उल्टै कारबाहीमा पर्नुहोला, हजुर सावधान !’ भन्ने उनको नाराले सेवाग्राही मात्र होइन निजामती कर्मचारीमाझ चर्चाको विषय बनेको थियो । यो सन्देश उनले आफ्नो कार्यकक्ष र कार्यालयको गेटमा टाँस्ने गर्थे ।

सामाजिक सञ्जालमा यस्तो छ उनको स्टाटस

स्थायी नोकरीमा मात्र ४० वर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ........(भ्रष्टाचारी, कालो कमाउने) घुस्याहा, भुस्याहा, छुस्याहा, जँड्याहा, कप्ट्याहा, द्रब्यपिसाच, घोसे, घोप्टे, कपटी, चाप्लुसे "घुभुछुजकद्र घोघोकचा" देशमारा, जनताको रगत चुसाहा, अफिसको रगत चुसाहा, कमिसनखोर, कर्मचारीहरु र तिनका दृश्य अदृश्य राजनैतिक सँरक्षकहरु र ..........हरु/ जागिरबाट/ सेवाबाट/पेशाबाट/कामबाट/ र .........बाट अवकाश भै/ वा खारेज भै "सँधैको लागि" घर जान बिदा हुँदा जनताको रगत चुसेर भित्री शरिर जुकाको जस्तो रगतले ढाडिएर रातोपिरो पारेर बाहिरी शरिर र "घुस्याहा कालोअनुहार" तत्काल छोप्न आसेपासेद्वारा कालो अनुहारमा अविर दलाएर तथाकथित बिदाई समारोहको ""प्रायोजन"" गर्छन। मैले त्यस्तो तथाकथित काम बहिस्कार गर्ने चलन आफैँबाट शुरू गरेँ । स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद !

नेपालमा नेता मात्र होईन कर्मचारी पनि उत्तिकै खराब छन् । ४० वर्ष जागिर खायो रे अरुले नगरेको तर तैले गरेको एउटा काम भन त भन्दा अफिस गएर फर्केँ भन्छ । पाए घुस खान्छ । नपाए अफिसको कमिसन खान्छ । भ्रस्टचार गर्छ । बाल बचेरा विदेशमा पढाउँछ । यस्ताले त भैँसी पालेर बसे कसो होला ? स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।

नेपालका सबै कर्मचारी साथी, तिमीले आफ्नै देश सुधार्न के कसम खायौ ? अझै घुस, कमिसन, नजराना, इनाम, बक्सौनि, रिश्वतको नाममा आफ्नै देश र गरिब नेपाली जनताको रगत चुस्दै छौ ? मैले भ्रष्टाचार विरुद्ध लड्दा जेल, ज्यान र जागिरमाथि हिडने आवश्यक परेका बखत बात, हात र लात चलाउने, समयले जे निर्णय गर्छ, सोही मान्ने कसम खाएर सरकारी जागिर /स्थायी नोकरीमा मात्र नोकरीमा ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ । धन्यबाद ।

कविताः
म कर्मचारी कि दलाल
कविः प्रेमप्रसाद संजेल ‘खतरा’
म कानमा लाउने सुनको दलाल
म तिहुनमा लाउने नुनको दलाल
म मकैमा लाग्ने घुनको दलाल
म भेडाको जीउको उनको दलाल
म देशले लाउने गुनको दलाल
म सुरक्षामा नपर्ने सु को दलाल
म प्रजातन्त्रमा नलाग्ने कू को दलाल
म ढलमा बग्ने नर्ककोे दलाल
म आकाशमा फल्ने फलकोे दलाल
म नदेखिने खालको दलको दलाल
म किसानले लाने बीउको दलाल
म बिदेशमा बिक्ने जीउको दलाल
म सडकमा लाग्ने गिट्टीको दलाल
म को ठीमा बेच्ने ठिटीको दलाल
म डाकाको बीचको प्रीतिको दलाल
म सेवाग्राहीले लिने सेवाको दलाल
म परिश्रमीले लिने मेवाको दलाल
म बाकसमा आउने लाशको दलाल
म ठिनेमिने होईन खासबिशेष दलाल
म भूकम्प पिडितको पालको दलाल
म बाढी पिडितको दालको दलाल
म बिचौलियाको जालको दलाल
म गुण्डाले लिने कालको दलाल
म पण्डाले लिने भेटीको दलाल
म नापी र माल दुबैको दलाल
म बिकास र निकास सबैको दलाल
म घरबार–दरबार दुबैको दलाल
म मन्दिरमा बज्ने घण्टीको दलाल
म बाह्रमासे आण्टीको दलाल
म तिनपाने भट्टीको दलाल
म पहेंलो बोक्ने टट्टीको दलाल
म मेरी आमा मट्टीको दलाल
म सारै निच घट्टीको दलाल
म ज्यान मार्ने दलालको दलाल
म फरार हुने परारको दलाल
म भाडामा मिल्ने करारको दलाल
म ब्रुश्लीजस्तो प्रहारको दलाल
म मुश्लीजस्तो दारको दलाल
म एक्सरे नदेख्ने अन्धाको दलाल
म सुन बोक्ने बन्दाको दलाल
म अत्ति कालो धन्दाको दलाल
म ईमान्दार मास्ने मज्जाको दलाल
म बेईमानी पाल्ने गज्जबको दलाल
म घुस र भुस द्धयको दलाल
म मानिस मार्ने भयको दलाल
म हालसाल बिदेश गएको दलाल
गर्छन कि कसो जनताले हलाल स्थायी नोकरीमा मात्र ४० बर्ष ४ महिना ६ दिन नेपाली जनताको सेवा गरी विदा लिएँ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।