ताजा अपडेट »

माधव नेपालको निवासमा पुगे एमाले वार्ता टोलीका ६ सदस्य

आइतबार, २० असार २०७८, १० : ५७
16 Shares

काठमाडौं । नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा पुगेका छन् ।

आइतबार बिहान ओली पक्षबाट वार्ता टोलीमा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास पुगेका हुन् । साथमा नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र भीम आचार्य पनि त्यहाँ पुगेका छन् । केही दिनयता ६ नेताहरु लगातार छलफलमा रहेका छन् । उनीहरु जसरी पनि एकता जोगाउन प्रयासमा लागिरेका छन् ।

यता, प्रधानमन्त्री केपी ओलीले हस्ताक्षर फिर्ता नभएसम्म कुनै कुरा नगर्ने भन्दै माधव पक्षलाई कारवाही गरिने बताएका छन् । उनले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन सोमबारसम्मको समय दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।