१५ चैत्र २०७९, बुधबार

Mar 29, 2023

बुटवल । सेतो गुराँस बाल विकास सेवा रुपन्देहीको आयोजना किडाशाको सहयोगमा बुटवलका बिभिन्न वडामा राहत सामग्री बितरण गरिएकोे छ । कोभिड १९ को दोस्रो लहर उत्पन्न निशेधाज्ञाको अवस्थाबाट प्रभाबित भएका किशोरीहरु र परिवारहरलाई लक्षित गरि राहत बितरण गरिएको हो ।

Advertisement

बुटवल उप–महानगरपालिकाका वडा ६, ११ र १७ लगातार ३ दिन सम्म राहत बितरण गरिएको सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यक्रम संयोजक अर्जुन कुमार तामाङ्गले जानकारी दिए । चामल, तेल, गहुँको पिठो, दाल, नुन, सोयाविन, प्याकेट, घ्यू, गेडागुडी, जुवानो, अण्डा, माक्स, सेनेटरी प्याड, ग्यास सिलिण्डर, चिउरा, नुहाउँने तथा लुगा धुने साबुन लगायत दैनिक उपभोग्य साम्रगी वितरण गरिएको तामाङ्गले बताए । ३ दिन सम्म गरिएको कार्यक्रममा २२५ जनालाई राहत वितरण गरिएको हो । २७ गर्भवती महिला र ६ महिना सम्मका छोराछोरीहरु भएका १८ वर्ष भन्दा मुनिका किशोरीहरूलाई राहत दिइएको थियो ।

राहत बितरण अन्र्तगत पहिलो दिन वडा नम्बर ६ र ११ को समन्वयमा जीवनको लागि सिकाइ परियोजना अन्तर्गतका बुटवल उप–महानगरपालिका–६ का सुन्दरनगर एकदेखि ३ सम्म र बुटवल उप–महानगर–११ को समन्वयमा हातीसुढ, विनापाते–१ तथा २, प्रगतिनगरका ४ जना गर्भवती र ६ महिना सम्मका छोराछोरीहरु भएका १८ वर्ष भन्दा मुनिका किशोरीहरू र तिनका परिवारहरुलाई गरी ७७ जनालाई राहत वितरण गरिएको थियो । कार्यक्रममा बुटवल उप–महानगरपालिका वडा नं.६ का अध्यक्ष जगदिश चन्द्र आचार्यले सामाजिक उत्तरदायित्व अन्र्तगत रहेर बिपदमा गरिएको राहतले नागरिकहरुको जिवन यापनमा सहजता ल्याउने बताए ।

सेतो गुराँस बाल विकास सेवा रुपन्देहीका कार्यकारी निर्देशक सुमित्रा शर्माले बिपद होस या शिक्षा क्षेत्रको अभियानमा सेतो गुराँस सधै नागरिको अभिभावक बनेको बताए । कोभिडको दोस्रोे लहरले जनजिवन प्रभावित भएको भन्दै संस्थाको सानो सहयोगले पनि राहत महसुस हुने बिश्वासका साथ कार्यक्रमको आयोजना गरिएको बताए । राहत वितरणको दोस्रो दिन बुटवल–११ को समन्वयमा जीवनको लागि सिकाइ परियोजना अन्तर्गतका बुटवल उप–महानगरपालिका ११ अन्तरगत रहेका बुद्धनगर, दुर्गानगर, मजुवा खोला साइड, टप मजुवा, मजुवा, भालेबाबा पथ, निलगिरी पथ तथा नागपथका गरी ९७ जनालाई बितरण गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल–११ का सदस्य नकुल शाहीले वडाको समन्वयमा राहत बितरण गरेकोमा सेतो गुराँस बालबिकास केन्द्रलाई धन्यवाद व्यतm गरे । संघसस्थाले राहत बितरण गर्दा वडाको समन्वयमा गर्दा वास्तविक प्रभावित सम्म राहत पुग्ने बिशवास ब्यतm गरे ।
राहत वितरण तेस्रो दिन वडा बुटवल–१७ को रानीगञ्ज सेक्टर १ देखि ४ सम्म ५१ जना लाई राहत बितरण गरिएको थियो । सो अवसरमा वडा अध्यक्ष सन्त बहादुर रानाले वडाले गर्नुपर्र्नेे काम सेतो गुरासले गरेको बताउदै कोभिडको महामारीको सबै मिलेर सामना गर्नु पर्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

निजी क्लिनिकमा सरकारी चिकित्सकले नाम प्रयोग गर्न नपाउने, मन्त्रालयले जारी गर्यो निर्देशन ह्वाट्सएप लगायत अनलाइनबाट ठगी गर्ने चिनिया नागरिकसहित १९ जनालाई पक्राउ गरी सार्वजनिक रुपन्देहीको तिलोत्तमाबाट मोटरसाइकल चोरी गर्ने २ युवा पक्राउ युट्युब र टिकटकसँग टेलिभिजन डराउने हैन : ओली सत्तागठबन्धनमा मिल्यो भागबन्डा, काँग्रेसलाई ८ मन्त्रालय बुटवल १५ मा ३१ जना किसानलाई मकैको बीउ वितरण ६१ वर्षीया महिलामाथि बलात्कार आरोपमा रुपन्देहीका १८ वर्षीय युवासहित २ जना पक्राउ सलह जस्तै अर्थतन्त्रमा अलक्षिन पस्यो : एमाले अध्यक्ष ओली बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी रिब्दिकोटको कान्ताश्रममा चैते दशैमा सरायनाच एकीकृत समाजवादीले स्विकृत गर्‍यो न्यौपाने र जंगलीको राजिनामा प्रचण्ड सरकारमा एकीकृत समाजवादीवाट प्रकाश ज्वालाले नेतृत्व गर्ने ऋण लिँदा लिने शुल्कका बारेमा राम्रोसँग बुझाैं: केन्द्रीय बैंक चैत्रभित्रै स्ववियू निर्वाचन गराउने सहमतिपछि खुल्यो क्याम्पसको ताला पशुपति मन्दिर परिसरमा पलास्टिक लैजान निषेध टाइगर बनाम पठानमा शाहरुख र सलमानको द्वन्द्व अभिनेत्री शोभितासँग डेटमा नागा साइकलबाट लडेर एकजनाको मृत्यु नेपालको संघीय प्रणाली विश्वकै निम्ति उदाहरण बन्न सक्छ : प्रधानमन्त्री मिटरब्याजी पीडितको न्यायका लागि रुलिङको माग