ताजा अपडेट »

‘कृषिमा प्रभावकारी योजना निर्माण गर्नु आवश्यक ’

विहीबार, १० माघ २०७५, १० : ५५
28 Shares

माघ १०,कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

उद्योग वाणिज्य सङ्घ दाङले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले भन्नुभयो, “कृषि क्षेत्रको विकासका लागि प्रभावकारी र व्यवहारिक योजना बनाएर अगाडि बढ्न सक्नुपर्छ ।

मन्त्री खनालले नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहिरहेको उल्लेख गर्दै मुलुकको ६६ प्रतिशत नागरिक कृषि पेशामा संलग्न भए पनि यसको प्रभावकारी विकास हुन नसकेकोमा दुःख व्यक्त गर्नुभयो । “दुई तिहाइ जनसङ्ख्या कृषिमा संलग्ता हँुदा पनि कृषि उपज बाहिरबाट आयात गर्नुपर्ने बाध्यता रहेको छ,” उहाँले भन्नुभयो, “आधुनिक प्रविधिसँग जोडेर कृषि क्षेत्रको विकास गर्न सकेमा विदेशिएका धेरै युवालाई स्वदेशमै रोजगार दिन सकिन्छ ।” (रासस)

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।