ताजा अपडेट »

रोहिणीमा ब्यक्तिगत घटना दर्ता शिविर सुरु

शुक्रबार, ११ असार २०७८, १७ : ००
54 Shares

भैरहवा । रोहिणी गाउँपालिकाले ब्यक्तिगत घटना दर्ता (जन्मदर्ता, मृत्युदर्ता, विवाह दर्ता, बसाई सराई र सम्बन्ध बिच्छेद ) शिविर सञ्चालन सुरु गरेको छ । गाउँपालिकाले प्रत्येक वडामा ३÷३ दिनको दरले टोलमै पुगेर ब्यक्तिगत घटना दर्ता गर्ने जनाएको छ ।
अझै पनि कतिपय गाउँपालिकाबासीहरु काम परे मात्र ब्यक्तिगत घटना दर्ता गर्ने गरेको कारण शिविरबाट समयमै घटना दर्ता गर्न सचेतना समेत फैलाउने रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले बताए ।

उनले पालिकाको प्रत्येक वडाको ३ वटा टोलमा ३ दिन सम्म कार्यक्रम सञ्चालन हुने जानकारी दिए । यसले अहिले सम्म वडा सम्म पनि नपुगेका नागरिकलाई ब्यक्तिगत घटना दर्ता मात्र नभई यसबारे सचेतीकरण समेत हुने यादवको तर्क छ ।उनले गाउँपालिकाको कुल २१ स्थानमा असार १९ गते सम्म कार्यक्रम सञ्चालन हुने बताए । उनले शिविरमा ब्यक्तिगत घटना दर्ता मात्र नभई सामासजक सुरक्षा समेत दर्ता गरिने बताए ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागद्वारा आयोजित राष्ट्रव्यापी ब्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा दर्ता अनुसार गाउँपालिकाले टोलटोलमै सेवा दिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले जानकारी दिए ।न्यौपानेले दिएको जानकारी अनुसार असार ११ गते रोहिणी गाउँपालिका वडा नमबर १ को वगहाबाट शिविर सुरु हुने बताए । बिहान १० बजेदेखी ५ बजे सम्म सञ्चालन हुने शिविर वगहा माविमा ११ गते देखी १३ गते सम्म हुनेछ । यस्तै वडा नम्बर १ कै चनुली सामुदायिक अध्ययन केन्द्रको भवनमा १४ गते देखी १६ गते सम्म र बेनीपुरमा १७ गते देखी १९ गते सम्म सञ्चालन हुदैछ ।

त्यस्तै रोहिणी गाउँपालिका वडा नम्बर २ को पोखरभिण्डी माविमा ११ गते देखी १३ गते सम्म श्रीराम आधारभूत बिद्यालयमा १४ गते देखी १६ गते सम्म र बैकुण्ठपुर बोर्डिङ स्कूलमा १७ गते देखी १९ गते सम्म सञ्चालन गरिदैछ । वडा नमबर ३ को राम नरेश माविमा ११ गते देखी १३ गते सम्म, परासीझुंगा जनचेतना प्राविमा १४ गते देखी १६ गते सम्म र सिसहनिया पर्ति टोल बालविकास टोलमा १७ गते देखी १९ गते सम्म शिविर सञ्चालन हुनेछ ।

वडा नम्बर ४ को छिपागढ माविमा ११ गते देखी १३ गते सम्म, औरहवा आधारभूत बिद्यालयमा १४ गते देखी १६ गते सम्म र सेमरा धर्मशालामा १७ गते देखी १९ गते सम्म शिविर सञ्चालन हुने प्रमुख प्रशासकिय अधिकृत न्यौपानेले जानकारी दिए । वडा नम्बर ५ को पिपरहवा माविमा ११ गते देखी १३ गते सम्म बरवामा १४ गते देखी १६ गते सम्म र तरकुलहा धर्मशालामा १७ गते १९ गते सम्म र वडा नम्बर ६ को पर्सा आधारभूत बिद्यलयमा ११ गते देी १३ गते सम्म बोदवार माविमा १४ गते देखी १६ गते सम्म र ललितपुर मदरसामा १७ गते देखी १९ गते सम्म शिविर रहनेछ । वडा नम्बर ७ मा पनि असार ११ गते देखी १३ गते सम्म पजरकट्टि माविमा, १४ गते देखी १६ गते सम्म सरस्वती आधारभूत बिद्यालय र १७ गते देखी १९ गते सम्म पोखरभिण्डा मदरसामा शिविर सञ्चालन हुने छ ।

गाउँपालिकाले अहिले भर्ना अभियान समेत सुरु गरेकोले शिविरले बालबालिका बिद्यालय भर्ना अभियानमा सहयोग पुग्ने तथा लकडाउनका कारण प्रभावित बनेको वडाको सेवा यसले केही सहज पार्ने अपेक्षा राखिएको छ । वडामा पुगेर लिने सेवा नागरिकको घरदैलोमै पुगेको कारण यसबाट धेरै भन्दा धेरै नागरिक लाभान्वित हुन गाउँपालिकाले आव्हान गरेको छ ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा