२५ जेष्ठ २०८०, बिहीबार

Jun 8, 2023

झापा । कोभिड–१९ का बिरामीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले गैरआवासीय नेपाल सङ्घले झापा, इलाम, पाँचथर र ताप्लेजुङलाई गरी २५ थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ । सङ्घले चारवटै जिल्लाका कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिलाई मेची अभियानमार्फत सो अक्सिजन कन्सन्टे«टर हस्तान्तरण गरेको छ । अभियानका संयोजक विजय डालमियाले चारवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिसकेको बताए ।

प्रतिथान रु दुई लाख ३० हजारका दरले खरीद गरिएका अक्सिजन कन्सन्ट्रेटरमध्ये झापालाई १२, इलाम, पाँचथर र ताप्लेजुङलाई दुई–दुई थान हस्तान्तरण गरिएको उहाँको भनाइ छ । झापालगायत पूर्वी पहाडी जिल्लाका कोडिभ–१९ का बिरामीलाई उपचारमा सहयोग पु¥याउने उद्देश्यले नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको पहलमा सङ्घले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।

प्रजिअ तथा कोभिड–१९ सङ्कट नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार तिम्सिनाले सङ्घबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर जिल्लाका १२ पालिकालाई तत्काल उपलब्ध गराएको बताए। उनका अनुसार अक्सिजन कन्सन्ट्रेटर प्राप्त गर्ने पालिकामा विर्तामोड, अर्जुनधारा, कनकाई, दमक, गौरादह, शिवसातक्षी नगरपालिका, हल्दिबारी, कचनकवल, झापा, बाह्रदशी, गौरीगञ्ज, कमल गाउँपालिका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

मधेशका महिला कथाकारका लागि ‘टेल योर स्टोरी’ नेपाली क्रिकेट टिमले आज स्कटल्याण्डसँग अभ्यास खेल खेल्दै  इरानले बनायो ध्वनीभन्दा १५ गुणा बढी गतिको मिसाइल म्यान्मारमा सेना समर्थक गायिकाको गोली हानी हत्या असार १ देखि भदौं मसान्तसम्म सडक खन्न प्रतिबन्ध तिलाेत्तमाको शंकरनगर दुर्गादत्त माविमा प्रतिभा प्रदर्शन युक्रेनी बाँध भत्किदाँ १८ हजार घर डुबानमा, रुस-युक्रेन एक अर्कामा दोषारोपण गर्दै रेलमा आगलागी भएपछि अस्ट्रियाको सुरुङबाट २०० यात्रुलाई बाहिर निकालिए बाबुराम भट्टराई नेतृत्वको नेसपाको केन्द्रिय समिति बैठक आजबाट प्रतिनिधिसभा बैठक बस्दै, बजेटमाथिको छलफल आज पनि जारी रहने प्रधानमन्त्री प्रचण्ड आज बुटवल आउँदै, लुम्बिनी केबलकारको उद्घाटन गर्ने भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरेका छन्, समय आएपछि प्रमाण देखाउँछु : प्रधानमन्त्री रेडक्रस सोसाइटी बर्दिबासद्वारा सर्पदंश उपचार केन्द्रलाई स्वास्थ्य सामग्री प्रदान  तिनाउको शैक्षिक सुधारका लागि आलोचना हैन समालोचना आवश्यक भारतीय सीमावर्ती बजारबाट अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशंकामा बुटवलमा अनुगमन अनलाइन ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटिआर बुटवलमा करोडौँ मूल्य पर्ने २६ कठ्ठा सरकारी जग्गा किनबेच लागुऔषधसहित ५ जना पक्राउ हत्या आराेपमा एकजना पक्राउ