ताजा अपडेट »

अन्तर मावि छात्र-छात्रा फुटबल आगामी बुधबारदेखि

विहीबार, ०२ साउन २०७६, १९ : २५
8 Shares

साउन २,
बुटवल । यहि साउनको ८ गतेदेखि बुटवलमा जिल्ला स्तरीय अन्तर–बिद्यालय छात्र तथा छात्रा नकआउट फुटबल प्रतियोगिता हुने भएको छ । जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा हुन लागेको प्रतियोगितामा जिल्लाका करिव ४० बिद्यालय सहभागि हुने अनुमान गरिएको छ ।


“क्वीक्स कप अन्तर–विद्यालय छात्र तथा छात्रा नकआउट फुटबल प्रतियोगिता-२०७६” मा छात्र तर्फ जिल्लाको विजेतालाई ३० हजार, उपविजेतालाई १५ हजार तथा छात्रा तर्फ विजेतालाई १० हजार र उपविजेतालाई ५ हजार रुपैंया नगद पुरस्कार सहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक तथा जिल्ला फुटबल संघ रुपन्देहीका उपाध्यक्ष हरि क्षेत्रीले बिहिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।


त्यस्तै प्रतियोगितामा छात्र तर्फ उत्कृष्ट गोलकिप्पर, डिफेन्स, मिडफिल्डर, फरवार्ड र हाईस्कोररलाई जनही नगद २ हजार प्रदान गरिने छ भने छात्रा तर्फ उत्कृष्ट खेलाडी र ५ गोल भन्दा बढी स्कोर गर्नेलाई जनही नगद २ हजार रुपैंया पुरस्कार प्रदान गरिने छ । जिल्लामा विजेता हुने टिम प्रदेश हुँदै केन्द्रमा प्रतिस्पर्धा गर्न पाउने छ । प्रदेशमा पनि विजयी भएको टिम राष्ट्रिय प्रतिस्पर्धामा सहभागि हुने उनले बताए । केन्द्रमा बिजयी हुने टिमले ३ लाख रुपैंया नगद सहित पुरस्कार प्राप्त गर्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।