ताजा अपडेट »

बेइजिङमा ‘स्थायी वासिन्दा’ को जनसङ्ख्या घट्दो

विहीबार, १० माघ २०७५, ०४ : ५७
6 Shares

माघ १०,

बेइजिङ । चीनको राजधानी बेइजिङमा स्थायी बसोबास गर्ने चिनियाँ नागरिकको जनसङ्ख्यामा सन् २०१८ मा ०.८ प्रतिशतले कमी आएको देखिएको छ ।

बुधबार सार्वजनिक चीनको सरकारी तथ्याङ्क अनुसार बेइजिङमा स्थायी बसोबास गर्ने नागरिकको सङ्ख्यामा आएको ०.८ प्रतिशतको गिरावटसँगै यहाँको जनसङ्ख्या दुई करोड १५ लाख रहेको बताइएको छ ।

बेइजिङमा उमेरको आधारमा १५ देखि ५९ बर्षका स्थायी बासिन्दाको सङ्ख्या एक करोड ५६ लाख रहेको छ । यो शहरको सम्पूर्ण जनसङ्ख्याको ७२.६ प्रतिशत रहेको बेइजिङ महानगरीय तथ्याङ्क विभाग र बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभागको संयुक्त सर्वेक्षणले देखाएको छ ।

पछिल्लो तथ्याङक अनुसार बेइजिङमा १४ बर्ष मुनिका स्थायी वासिन्दाको सङ्ख्या २३ लाख रहेको छ जुन यहाँको सम्पूर्ण जनसङ्ख्याको १० प्रतिशत हो । त्यसैगरी ६० बर्ष माथिको जनसङ्ख्या ३६ लाख अर्थात् १६.९ प्रतिशत रहेको छ ।

सन् २०१७ मा बेइजिङको स्थायी वासिन्दाको जनसङख्या दुई करोड १७ लाख रहेको थियो जुन सन् २०१६ को तुलनामा २२ हजारले कमी हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।