१४ जेष्ठ २०८०, आईतवार

May 28, 2023

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले सम्भावित बाढी, पहिरो, डुवानजस्ता मनसुनजन्य विपद् जोखिम न्युनिकरणमा सक्रियतापूर्वक लाग्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । उनले प्रहरी अधिकृतले कोभिड–१९ सङ्क्रमण नियन्त्रण तथा रोकथाम, निषेधाज्ञा कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्न आग्ह गरे ।

हालै सरुवा भई कार्यक्षेत्रमा जान लागेका प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलाई आज प्रहरी प्धान कार्यालमया आयोजित समारोहमा निर्देशन दिँदै उनले जनशक्ति तथा साधन स्रोतको उचित व्यवस्थापन गरी प्रकोप नियन्त्रणमा ध्यान दिन आग्रह गरे । प्रहरी महानिरीक्षक थापाले आफू मातहत प्रहरी कर्मचारीको मनोवल उच्च बनाउन, उनीहरुको गुनासो सुनुवाइको व्यवस्थापन, अनुगमन तथा निरीक्षणमा विशेष ध्यान दिन पनि अनुरोध गरे ।

उनले हिंसात्मक गतिविधि, जघन्य, साइबर, कालोबजारी, तस्करी जस्ता आपराधिक गतिविधिप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै सरुवा भई जान लागेका कार्यालयको विशिष्टता अनुरुप प्राप्त नयाँ जिम्मेवारीलाई पदीय दायित्व अनुसार भूमिका निर्वाह गर्न पनि सुझाव दिए । घोषित निर्वाचनको पूर्व तयारीका लागि अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग आवश्यक समन्वय तथा सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभागका प्रहरी अतिरिक्त महानिरीक्षक नीरजबहादुर शाहीले आर्थिक अनुशासनप्रति संवेदनशील हुनुपर्ने बताए । गृहमन्त्रालयले हालै १९ प्रहरी नायब महानिरीक्षक र १५ प्रहरी बरिष्ठ उपरीक्षकको सरुवा गरेको छ । जस अनुसार सातै प्रदेशका प्रहरी प्रमुख समेत फेरिएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालको स्तरवृद्धिको समझदारी गर्न बुटवलको टोली जापान प्रस्थान बुटवलमा भारतीय नम्बरको कारको ठक्करबाट प्रहरी साहयक हवल्दार अमृत बस्नेत घाइते ‘छल्दी खोलामा बाढी आएपछि स्थानीयले भने : विपतमा खै रेसुङ्गा र इस्माका जनप्रतिनिधी ?’ बुटवलका मासुपसलमा खसीबोकाको भनेर बाख्रीको मासु विक्रि, ७५ किलो मासु जफत गरी नष्ट नदी उत्खनन् गर्न नपाएपछि ट्याक्टर व्यवसायीले घेरे देवदह नगरपालिका सरकारको आर्थिक सर्वेक्षणले भन्छ- अर्थतन्त्र सुधार हुँदैछ [पूर्णपाठ] बुटवलको ढवाहामा जेठ २५ गतेदेखि ‘दोस्रो पीस पार्क मेला’ हुने भारत भ्रमणबारे पूर्वप्रधानमन्त्रीसहित नेताहरुसँग मागे प्रधानमन्त्री प्रचण्डले सुझाव सेयर बजार दोहोरो अंकको गिरावट अर्घाखाँचीको शितगंगा–५ जुकेनामा बिपि स्मृति भवन बन्ने धर्नामा बसेका अधिकारकर्मीहरु पक्राउ प्रतिनिधिसभा संसदीय सुनुवाइ समिति गठन, यही हुन् सदस्यहरू अनिता ढुंगानालाई योजना आयोगको सदस्यमा नियुक्त गर्ने सरकारको निर्णय ७० वर्षीया वृद्धा र १७ वर्षीया किशोरी बलात्कृत भाडादर छुट गरी सहयोग गर्न होटल ब्यवसायीहरुको घरधनीलाई आग्रह तमोर जलाशययुक्त आयोजनाबाट पावर चाइनालाई बिदाइ गर्ने प्रक्रिया अघि बढाइयो अनुष्का भन्छिन्–वर्षमा एउटामात्र फिल्म बुटवलका रुकबहादुर आफ्नै सुत्ने कोठामा मृत फेला प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो घट्यो सुनको मूल्य, चाँदीकाे बढयाे