ताजा अपडेट »

तिलोत्तमामा बुुद्धमूर्ति तोडफोड : चौतर्फी विरोध

विहीबार, ०२ साउन २०७६, १० : ०४
22 Shares


साउन २,
ग्लोबल आवाज
बुुटवल । बुद्धजन्मस्थल रुपन्देहीको तिलोत्तमा स्थित बुद्धका मूर्ति तोडफोड भएका छन् । बुटवलदेखि भैैरहवा र भैरहवादेखि बुटवलका बीचमा अवस्थित तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका मूर्ति गएराती फोडिएका हुन् ।


सिक्सलेनको सडक बीचमा राखिएका मूर्ति मध्ये ५ वटा मूर्तिमा तोडफोड भएको छ। लुम्बिनीको झल्को दिनेगरी २२ ओटा बुद्धमूर्ति राखिएको छ । हाइवेमै रहेका ५ वटा मूर्ति कसले र किन तोडफोड गरे भन्ने प्रश्न अहिले गम्भिर बनेको छ भने यसमा ठूलै समूहको सहभागिता रहेको आशंका गरिएको छ ।


मूर्तिमा भएको तोडफोडलाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ । शान्तिका अग्रदुत महामानव गौतम बुद्धको मूर्ति तोडफोड गर्नेलाई तुरुन्त पहिचान गरी कारवाही गर्नुपर्ने माग सहित सामाजिक सञ्जालमा चर्को आवाज उठेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।