August 6, 2021, Friday
२२ श्रावण २०७८, शुक्रबार

रुपन्देहीको सैनामैनामा सालको काठसहित २ ट्याक्टर पक्राउ

1.8K

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका–१० बाट अवैध सालका काठसहित दुई वटा ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार कुनै पनि कागजातबिना पैठारी गरिरहेका बेला करिब १६३ क्यू.फिट गुलिया काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो ।

इलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक दिवाकर रिजालका अनुसार पाल्पाबाट पैठारी गरेर ल्याइएको अवैध काठसहित लु १ च ९६५५ र लु ३ च ८३०७ नम्बरका ट्याक्टर र चालक दुई जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि सब डिभिजन वन कार्यालय लुम्बिनीमा पठाइएको बताए ।

पछिल्लो अपडेट