२१ असार २०७९, मंगलवार

Jul 5, 2022

चितवन । चितवनको खैरहनी नगरपालिकाले चालु आर्थिक वर्षमा तीन वटा पुल निर्माण गरेको छ । गत आर्थिक वर्षमा दुई वटा पुल निर्माण गरेको यस नगरपालिकाले यो वर्ष थप तीन पुल निर्माण गरेको हो । वडा नं २ को लदरी खोला, वडा नं ९ को चात्रा खोला तथा वडा नं ७ र ९ लाई जोड्ने पम्फा खोलामा पुल निर्माण गरिएको नगर प्रमुख लालमणि चौधरीले जानकारी दिए। नगरकै आन्तरिक आम्दानीबाट ती पुल बनाइएको हो ।

Advertisement

नगरपालिकाले नगर गौरवका आयोजनामा पारेर ती पुल निर्माण गरेको हो । “कोरोना भाइरसले गत वर्ष केही ठूला योजना पूरा हुन पाएनन्”, नगर प्रमुख चौधरीले भने, “कोरोना कहरका बीच पनि नगर गौरवका आयोजनासहित अन्य योजनाका काम धमाधम भइरहेका छन् ।”

खैरहनी–९ को सिमलटाँडीदेखि दक्षिणतर्फ सुल्तनामा रु दुई करोड २४ लाखको लागतमा पुल निर्माण गरिएको छ । खैरहनी–७ र ९ लाई जोड्ने सो पुलले दुवै वडाका बासिन्दालाई आवागमन गर्न सहज भएको छ । केबीसी विल्डर कम्पनी भरतपुरले ठेक्का सम्झौता गरेर काम गरेको थियो ।

खैरहनी–२ लदरा खोलामा रु एक करोड ९५ लाखमा जीएमआर कन्स्ट्रक्सन प्रालि भरतपुरले पुल निर्माण गरेको नगरपालिका योजना शाखा प्रमुख इञ्जीनियर सुमन श्रेष्ठले बताए । लदरी पुलको एप्रोज स्लाब ढलान र पुलको दायाँ बायाँ जाली लगाउने काम बाँकी रहेको छ । सो पुलबाट खैरहनी–२, ३ र ४ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् ।

त्यस्तै सडक बोर्डको गलत डिजाइनका कारण खैरहनी–९ चात्रा खोलामा निर्माण हुन नसकेको पुल नगरपालिका आफैँले बनाउँदै छ । रु एक करोड सात लाखमा सम्झौता भएकामा अहिले निर्माणको काम भइरहेको छ । एमआरएन्ड गु्रप डीएनवी जेवी भरतपुरलाई ठेक्का परेको हो । सो पुलको पनि एप्रोज स्लाब ढलान, जाली लगाउने र रेलिङ हाल्ने काम बाँकी रहेको इञ्जीनियर श्रेष्ठले बताए । पुल निर्माणपछि खैरहनी–९, राप्ती–८ र ९ का स्थानीयवासीलाई बजार आवातजावतमा सहज हुनेछ । 

प्रतिकृया दिनुहोस्

Flash News

नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, घाइतेको हेलिकप्टरबाट उद्धार अस्ट्रेलियामा बाढीः सिड्नीका ५० हजार जनालाई घर छाड्न भनियो छुट्टाछुट्टै स्थानमा अवैध लागूऔषधसहित सात जना पक्राउ