ताजा अपडेट »

जन्म दिनमा बुटवलका अर्जुन गुरुङले गरे लाख बराबरको राहत वितरण

मंगलबार, ०८ असार २०७८, २० : ४५
4 Shares

बुटवल । रुपन्देहीको बुटवल–१७ राजीगञ्जका अर्जुन गुरुङले आफ्नो जन्मदिनको अवसरमा करिब लाख बराबरको खाद्यय सामग्री राहत विरतण गरेका छन् । गुरुङले आफ्नाे २९ औं जन्मदिनकाे अवसरमा सोमबार बुटवलका विभिन्न आश्रम, सडक बालबालिका तथा सडकाश्रित कुकुरहरुलाई खाना तथा खाद्य सामग्री प्रदान गरेका हुन् ।

जन्मदिनका अवसरमा सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावका कारण आफूले राहत सामग्री वितरण गरेको उनले बताए । फुलबारी गाइजका उपाध्यक्ष समेत रहेका २९ वर्षिय गुरुङले बुटवल–११ देविनगरमा अवस्थित अपाङ्ग तथा अनाश्राम, लुम्बिनी अपाङ्ग, दृष्टिविहिन तथा अनाथाश्रम र सिद्धकुमार वृद्धाश्रमका जेष्ठ नागरिकहरुलाई चामल, दाल, नून, तेल, चाउचाउ लगायतका खाद्य सामग्री वितरण गरेका हुन् । यसैगरी सडक बालबालिका, सडकमा रहेका बेसाहरा कुकुरलाई समेत खाना खुवाएका थिए । फुलबारी गाइजका अध्यक्ष शिव राना, युवा नेता हसन्त तामाङ तथा फुलबारी गाइजका सदस्यहरुको उपस्थितीमा उनले ९६ हजार बढीका राहत सामग्री वितरण गरेका थिए ।

विश्वव्यापी कोरोना महामारीले मानव जीवन अस्तव्यस्त भइरहेका बेला जन्मदिन तथा अन्य विभिन्न बहानामा गरिने फजुल खर्चलाई सामाजीक र मानवीय कार्यमा खर्च गर्ने उद्देश्यले राहत वितरण गरेको गुरुङले बताए । अन्य युवाहरुले समेत अनावश्यक खर्च गर्नुको साटो यसरीनै सामाजिक सेवा र मानवीय सेवामा खर्च गर्न सके जन्मदिन र आफूले मनाउने खुसीयालीको सार्थकता रहन सक्ने उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।