ताजा अपडेट »

युरो कप : बेल्जियम र नेदरल्याण्ड्स समूह विजेता

मंगलबार, ०८ असार २०७८, ०६ : ५९
4 Shares


बुटवल । समूह चरणको खेलमा बेल्जियमले शतप्रतिशत जित निकालेको छ । गएराति भएको खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोलले हरायो । उसका लागि रोमलु लुकाकुले एक गोल गरे भने फिनल्यान्डका लुकास राडेक्सीले आत्मघाती गोल गरे ।

जितसँगै बेल्जियम तीन खेलमा ९ अङ्कका साथ समूह विजेता बनेको छ । यस्तै नेदरल्याण्ड्स पनि समूह विजेता बनेको छ । गएराति भएको खेलमा नेदरल्याण्ड्सले नर्थ म्यासेडोनियालाई ३–० गोलले हरायो । उसका लागि कप्तान जर्जिनियो विनाल्डमले दुई र मेम्फिस डिपेले एक गोल थपे । नेदरल्याण्ड्सले समूह चरणका सबै खेल जित्दै नौ अङ्क जोडेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।