ताजा अपडेट »

प्रदेश स्तरीय लोकगीत प्रतियोगितामा गुल्मीका खत्री प्रथम

सोमबार, ०७ असार २०७८, १७ : ३०
4 Shares

बुटवल । विश्व संगीत दिवसको अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश स्तरीय भर्चुअल लोकगीत प्रतियोगिता सम्पन्न भएको छ । १२ जिल्लाका २२ जना प्रतिस्पर्धीका बिचमा भएको प्रतियोगितामा गुल्मीका हरी खत्री प्रथम हुँदै नगद ११ हजार पुरस्कार, प्रमाणपत्र र मायाको चिनो हात पारेका छन् । 

यस्तै दाङका राम सिंह विश्वकर्मा द्वितीय हुँदै ७ हजार, पाल्पाकी यशोधरा कार्कीले तृतीय हुँदै ५ हजार, रोल्पाकी बिनिता पुन मगर सान्त्वना हुँदै ३ हजार नगद प्राप्त गरेकी छन् । यस्तै बर्दियाकी योगमाया घर्ती र रूपन्देहीका विधान कार्कीले प्रोत्साहन पुरस्कार प्राप्त गरेकाछन् । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष डिल्ली नारायण पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रमेश बिजी, पूर्व अध्यक्षहरू अम्मर बिरही गुरुङ, प्रजापति पराजुली, दुर्गा रायमाझी, चन्द्र शर्मा लगायतको सहभागिता रहेको थियो ।  कार्यक्रममा निर्णयकको रुपमा प्रतिष्ठानका संस्थापक अध्यक्ष अम्मर बिरही, पूर्व अध्यक्ष चन्द्र शर्मा, बरिष्ठ उपाध्यक्ष रिता थापा मगर रहेको कार्यक्रम संयोजक लुम्बिनी प्रदेशका प्रथम उपाध्यक्ष दिपु मगरले जानकारी दिए ।

लुम्बिनी प्रदेश समितिका बरिष्ठ उपाध्यक्ष नारायण थापाको धन्यवाद  ज्ञापनमा भएको कार्यक्रमको सञ्चालन प्रदेशका प्रथम उपाध्यक्ष दीपु मगर र प्रदेश सचिव टिकाराम लुइटेलले गरेका थिए । कोरोनाको महामारीमा कलाकारहरूलाई थोरै भएपनि राहत प्रदान होस् भन्नको लागि प्रतियोगिता आयोजना गरेको प्रदेश समितिले जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।