ताजा अपडेट »

रुपन्देहीमा निजी सवारी साधन जोर-विजोर प्रणालीमा चलाउन पाइने

सोमबार, ०७ असार २०७८, १५ : २६
24 Shares

बुटवल । रुपन्देहीमा अब निजी सवारी साधन जोर-विजोर प्रणालीमा चल्न पाउने भएका छन् । निषेधाज्ञालाई थप एक हप्ता लम्बाउँदै जिल्लामा निजी सवारी साधन जोर विजोर प्रणाली अनुसार सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सुचना अधिकारी जनक थापाले बताए ।

‘अब निजी सवारी साधन जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन गर्न पाइने छ ।’ ग्लोबल आवाजसँगको कुराकानीमा थापाले भने ‘सार्वजनिक सवारी साधन भने चलाउन पाइने छैन् ।’

यस्तै सार्वजनिक सेवाहरु मालपोत, यातायात लगायतका अन्य सेवाहरु विभिन्न वर्गिकरणका आधारमा सञ्चालन गर्न दिने निर्णय भएको थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।