ताजा अपडेट »

रुपन्देहीमा फेरी सुरु भयो केराउ तस्करी, मैनिहवाबाट ३० क्विन्टल अवैध केराउ बरामद

आइतबार, ०६ असार २०७८, १९ : २२
6 Shares

भैरहवा । केही समय यता रोकिएको केराउ तस्करी फेरी सुरु भएको छ । तेश्रो मुलुकबाट नेपाल आयत गरि यहाँबाट अवैध तरिकाले केराउ भारत तस्करी हुने गरेको छ ।

रुपन्देहीका प्राय सबै नाकाबाट अवैध रुपमा भारत जाने गरेको केराउ केही समय यता ठप्प प्राय भएको थियो । आयत गर्दा सस्तो मूल्य पर्ने केराउ भारतमा बढी मूल्यमा बिक्रि हुने गरेको कारण यसको अवैध कारोबार फस्टाएको थियो । स्थानिय तहका जनप्रतिनिधि देखी सरकारी कर्मचारीहरु पनि केराउ तस्करीमा संलग्न थिए ।

प्रहरीले रोकेको केराउको तस्करी अहिले फेरी सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अवैध तरिकारले भारत लैजादै गरेको केराउ बरामद गरेको दावी गरेको छ ।

रुपन्देही रोहिणी गाउँपालिका वडा नम्बर २ मैनिहवा बाट लु १ ज २६४५ नम्बरको पिकअप जिपमा लोड गरी अबैध रुपमा नेपालबाट भारत तर्फ लैजादै गरेको क्रममा ६० बोरा (३० क्वीन्टल) केराउ बरामद गरेको हो जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

.२ लाख ४० हजार मूल्य बराबरको केराउलाई कार्यालयबाट प्रहरी अधिकृत समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । केराउ र पिकअप जिप समेत गरी १२ लाख ४० हजार बराबरको अबैध सामान आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाईएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रबक्ता तथा प्रहरी नायब उपरिक्षक सत्य नारायण थापाले जानकारी दिएका छन् ।

पिकअप समातिए पनि पिकअपका चालक फरार भएको प्रहरीको दावी छ । ग्लोबल आवाजसंग कुरा गर्दै प्रहरी प्रवक्ता थापाले उक्त केराउ बाटोमै लैजादै गर्दा समातिएको र प्रहरीलाई देखेपछि चालक गाडी छोडेर फरार भएको जनाए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।