ताजा अपडेट »

सम्मरीमाईको नीति तथा कार्यक्रम: बजेट ५३ करोड बढी

आइतबार, ०६ असार २०७८, १९ : १९
4 Shares

भैरहवा । “कृषि, शिक्षा, स्वास्थ्य, व्यवसाय र रोजगार, समुन्नत सम्मरीमाईको विकासको आधार” भन्ने मूल नारा सहित सम्मरीमाई गाउँपालिकाले आफ्नो निति तथा कार्यक्रमा एवम आर्थिक बर्ष २०७८/०७९ को बजेट सार्वजनिक गरेको छ । आईतबार गाउँपालिकाको नवौ गाउँ सभाबाट निति तथा कार्यक्रम एवम बजेट सार्वजनिक भएको हो ।

सम्मरीमाई गाउँपालिकाले आगामी आर्थिक बर्ष देखी गाउँपालिकामा “तरकारी पकेट क्षेत्र” कार्यक्रम सुरु गर्ने जनाएको छ । निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु)ले आर्गनिक तरकारी उत्पादनमा कृषकहरुलाई आकर्षित गर्न आर्गनिक तरकारी उत्पादन गर्ने किसानलाई प्रोत्साहन गर्ने जनाए । यस्तै गाउँपालिकामा रहेका तालतलैया, कुवा र पोखरी लगायतका प्राकृतिक जलाशय संरक्षण गरि मत्स्य उत्पादनमा प्रयोग गरिने निति लिईएको उनले बताए ।

मर्चवार क्षेत्रमा अझै पनि उद्योगहरु स्थापना नभएको हुदा गाउँपालिकामा नया उद्योग स्थापनाको लागी लगानी मैत्री वातावरण बनाइनृ छ । गाउँपालिकामा सञ्चालन गर्न सकिने उद्यम पहिचान गरि उद्योगहरु स्थापना गर्न लगानीकर्ता प्रोत्साहन गरिने शुक्लको भनाई छ । यस्तै गाउँपालिकाले गाउाँपालिकामा रहेका पर्यटकिय क्षेत्रका सम्भावना, सहकारी लगायतको विकासमा पनि गाउँपालिकाले लगानी गर्ने कार्यक्रम रहेको छ ।

“सामुदायिक बिद्यालयको पूर्वाधार सुधार कार्यक्रम” अन्र्तगत गाउँपालिकामा रहेका सामुदायिक बिद्यालयहरुका टिनका छानामूनि बसेर अध्ययन गरि रहेका बिद्यार्थीहरुलाई टिनमुनि बस्ने बाध्यताको अन्त्य गरिने लक्ष्य रहेको छ । यसका लागी आधारभूत तहबाट सुरु गरि क्रमशः सबै टिनको छानोलाई आरसीसी ढलान गरिने लक्ष्य रहेको छ । यस्तै गाउँपालिकाले “छात्राहरुलाई सेनेटरी प्याड कार्यक्रम” लाई यस बर्ष पनि निरन्तरता दिएको छ ।

“स्वस्थ्य गाउँबासी, स्वस्थ्य गाउँ” भन्ने नाराको सुरुवात गरि गुणस्तरिय स्वास्थ्य सेवामा सबै नागरिकको समतामुलक पहुँच सुनिश्चित गरिने र सबै बर्थिङ सेन्टरहरुको गुणस्तर सुधार गरि सुरक्षित मातृत्वको हकलाई सुनिश्चित गरिने गाउँपालिकाको प्रतिवद्धता रहेको छ । अहिले देखिएको कोभिड महामारीबाट पाठ सिक्दै महामारीको पूर्वतयारी तथा ब्यवस्थापनको कार्यलाई प्रभावकारी बनाउन औषधी तथा स्वास्थ्य सम्बन्धि सामाग्रीहरु तयारी हालतमा राखिने शुक्लको भनाई छ ।

यस्तै गाउँपालिकाले खानेपानी तथा सरसफाई, साहित्य कला र संस्कृति, खेलकुद तथा मनोरन्जन, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, घटना दर्ता सामाजिक सुरक्षा लगायतबारे पनि स्पष्ट निति तय गरेको छ । गाउँपालिकाले “सम्मरीमाई उज्यालो कार्यक्रम” लाई प्राथमिकतामा राखी बिद्युत पोृल र ट्रान्समिटर जडान तथा बत्ती ब्यवस्थापनमा बिद्युत कार्यालय सित समन्वय गर्ने जनाईएको छ ।

नवौं गाउँ सभाबाट सम्मरीमाई गाउँपालिकाले ५३ करोड ४१ लाख ११ हजार बराबरको आगामी आर्थिक बर्षको बजेट समेत सार्वजनिक गरेको छ । संघिय सरकारबाट ४० करोड ७२ लाख ४७ हजार, प्रदेश सरकारबाट ४ करोड ३५ लाख ८५ हजार ९ सय ८६ रुपैया, अल्या ३ करोड ९२ लाख ७८ हजार १४ रुपैया आन्तरिक आय २ करोड र जिल्ला समन्वय समितिबाट २ करोड ४० लाख प्राप्त हुने गरि उक्त बजेट अनुमान गरिएको हो ।

आगामी आर्थिक बर्षमा गाउँपालिकाले पूँजीगत तर्फ २५ करोड १९ लाख ५० हजार रुपैया र चालु खर्च तर्फ २८ करोड २१ लाख ६१ हजार रुपैया खर्च हुने अनुमान गरेको छ । बिशेष गरि आर्थिक बिकास, सामाजिक बिकास, पूर्वाधार विकास, विपद् ब्यवस्थापन तथा वातावरण संरक्षण र शुसासन तथा संस्थागत विकासको क्षेत्रमा बजेट बाँडफाँड गरिएको गाउँपालिका अध्यक्ष शुक्लले जानकारी दिए ।

गाउँपालिकाले चालु आर्थिक बर्षमा जम्मा आम्दानी ४६ करोड ५ लाख ५२ हजार २ सय ३० रुपैया मध्ये पंूजिगत खर्च तर्फ १२ करोड १३ लाख ८१ हजार ९ सय ६ रुपैया र चालु खर्च तर्फ ११ करोड ९६ लाख ७२ हजार ८ सय ३७ गरि २४ करोड १० लाख ५४ हजार ७ सय ४३ रुपैया खर्च भएको उनले जनाए । उनले गाउँपालिकाका अधिकतम योजना तथा कार्यक्रमहरु चालु अवश्थामा रहेको कतिपय योजना तथा कार्यक्रमहरु भुक्तानीको चरणमा रहेको बताए ।

नवौं गाउँ सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य अष्टभुजा पाठकले सम्मरीमाई गाउँपालिकाले निर्धारित समय अगावै गाउँ सभा सम्पन्न गरि नमूना काम गरेका बताए । अहिले कोभिडको महामारीले मुलुक अक्रान्त रहेको कारण उनले गाउँपालिकामा “कोभिड पकेट क्षेत्र” घोषणा गरि यसको नियन्त्रणमा लाग्न गाउँपालिकालाई सुझाव दिए । यस्तै कोभिड महामारीमा काम गरिरहेका कर्मचारीहरुको मनोबल बढाउन स्वास्थ्य बीमा लागु गर्न उनले आग्रह गरे । पाठकले बिकासको लागी असार नै कुर्नु पर्ने परिपाटी अन्त्य गर्नु पर्ने जिकिर गरे । आर्थिक बर्ष सुरु भए पछि नै उपभोक्ता समिति गठन, टेण्डर लगायतका काम सुरु गरि बैशाखलाई अन्तिम महिना मानेर काम गर्न उनले गाउँपालिकालाई सुझाव दिए ।

सम्मरीमाई गाउँपालिकाको निर्माणाधिन भवनमा सम्पन्न भएको गाउँ सभाको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद ढुङ्गानाले गरेका थिए ।

राधेश्याम विश्वकर्मा
लेखकको बारेमा
राधेश्याम विश्वकर्मा